बाँके- बाँकेको कोहलपुर नगरपालिका-१४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेको छ।
कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेको प्रहरीले जनाएको छ। श्रीमान्को शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ।
कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको प्रहरीको भनाइ छ।
उनीहरूको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।