सिन्धुपाल्चाक- इन्द्रावती खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको ज्यान गएको छ। मेलम्ची नगरपालिका १२ र इन्द्रावती गाउँपालिका-५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेमा मेलम्ची-११ का बिश्नुप्रसाद चालिसेका ५ वर्षीय छोरा विशेष र चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीकी (मृतक बच्चाकी ठूलीआमा) ५५ वर्षीया गोमा धिताल रहेका इलाका छन्।
माइत जाने क्रममा इन्द्रावती-५ कोइरालटार भीरबाट लडेर खोलामामा खसेका दुवै जनालाई इन्द्रावती खोलाले बगाएको अनुमान गरिएको प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
झोलुङ्गे पुलबाट आउने साँघुरो बाटोबाट आउने क्रममा उनीहरू खसेका हुन सक्ने प्रहरीले अनुमान गरेको छ।