सोमबार, साउन १८, २०८३

विषाक्त रक्सी सेवन गर्दा भारतमा सात जनाको मृत्यु

गुजरातको बाटोद जिल्लामा विषाक्त रक्सीको सेवनबाट कम्तिमा सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- भारतमा विषाक्त रक्सी सेवन गर्दा सात जनाको ज्यान गएको छ।

गुजरातको बाटोद जिल्लामा विषाक्त रक्सीको सेवनबाट कम्तिमा सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै स्थानीय प्रहरीले विषाक्त रक्सीको सेवनबाट सात जनाको ज्यान गएको जनाएका छन्। बाटोद जिल्लाको रोजिद गाँउमा सात जनाको मृत्यु हुनुका साथै दश जना बिरामी परेका छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गुजरातका प्रहरी महानिर्देशक आशीष भाटियाले तीन जना रक्सी तस्करलाई पक्राउ गरिएको बताएका छन्। 

अस्पतालमा भर्ना भएका एक बिरामीकी श्रीमतीले पतिले शनिबार राति रक्सी सेवन गरेको केही समयपछि नै स्वास्थ्य बिग्रन थालेको बताएकी छन्।

प्रकाशित: Jul 26, 2022| 06:52 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।