बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन सिंगापुरलाई आग्रह

श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन सिंगापुरलाई आग्रह

सन् २००९ मा देशको तमिल पृथकतावादी समूहसँगको द्वन्द्व रक्तपातपूर्ण रूपमा अन्त्य हुँदा उनका भाइ महिन्दा राजपाक्ष राष्ट्रपति थिए भने गोटवाय श्रीलङ्काको रक्षा मन्त्रालय सम्हालेका थिए।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

कोलोम्बो- श्रीलङ्काको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहले सिंगापुरसँग आग्रह गरेको छ। द्वीप राष्ट्रको पीडादायी आर्थिक संकटबाट क्रोधित हजारौं प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपाक्षे यसै महिनाको सुरुमा मालदिभ्स हुँदै सिङ्गापुर पुगी निर्वासित जीवन बिताइरहेका छन्।

प्रदर्शनकारीले राष्ट्रपतिको निवासमा प्रवेश गरेपछि सेनाको सहयोगमा सैनिक विमानमा माल्दिभ्स हुँदै सिंगापुर पुगी राजीनामा दिएका थिए।

सन् २००९ मा देशको तमिल पृथकतावादी समूहसँगको द्वन्द्व रक्तपातपूर्ण रूपमा अन्त्य हुँदा उनका भाइ महिन्दा राजपाक्ष राष्ट्रपति थिए भने गोटवाय श्रीलङ्काको रक्षा मन्त्रालय सम्हालेका थिए। 

तत्कालीन प्रशासनले युद्धको अन्तिम समयमा करिब ४० हजार तमिल नागरिकको हत्या गरेको आरोप अधिकार समूहहरूले लगाउँदै आएका छन्।

दक्षिण अफ्रिकामा अवस्थित इन्टरनेशनल ‘ट्रुथ एण्ड जस्टिस प्रोजेक्ट’ले अन्तरराष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघन गरेको आरोपमा भूतपूर्व राष्ट्रपतिलाई गिरफ्तार गर्न र आफ्नो विश्वव्यापी अधिकार प्रयोग गर्न सिंगापुरलाई आग्रह गरेको हो। 

kumari

उक्त संस्थाको ६३ पृष्ठको गुनासोमा हत्या, मृत्युदण्ड, यातना र अमानवीय व्यवहार, बलात्कार र अन्य प्रकारका यौन हिंसा, स्वतन्त्रताबाट वञ्चित हुनु, गम्भीर शारीरिक तथा मानसिक हानि र भोकमरीजस्ता घटना घटाएकोमा पूर्व राष्ट्रपति दोषी रहेको जिकिर गरिएको छ।

सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयले सोमबार थप विवरण नदिई सप्ताहन्तमा उक्त समूहबाट गुनासो प्राप्त भएको पुष्टि गरे। 

कुनै समय शक्तिशाली मानिएको राजपाक्ष वंशले स्वतन्त्र जाँचको लागि बारम्बार गरिएको अन्तरराष्ट्रिय आह्वानको प्रतिरोध गर्दै लामो समयदेखि तमिल टाइगर पृथकवादी आन्दोलनलाई कुल्चँदा कुनै पनि नागरिकको मृत्यु भएको छैन भन्ने दावी गरेका छन्। 

नोभेम्बर २०१९ मा सत्तामा आएको केही समय नबित्दै, एक सेवानिवृत्त सेना लेफ्टिनेन्ट कर्नललाई राजपाक्षले माफी दिए र तीन जना बालबालिका सहित आठ तमिलहरूको हत्याका लागि एक सैनिक सर्जेन्टलाई मृत्युदण्डको सजायबाट मुक्त गरेका थिए।

गत वर्ष राजपाक्षले भूतपूर्व विधायकसहित चार जनाको हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएका आफ्नो घनिष्ठ सहयोगी डुमिन्डा सिल्भालाई आममाफी दिएका थिए।

श्रीलङ्काले व्यवहारमा मृत्युदण्डको पालना गर्दैन। त्यसैले आजीवन सजाय सुनाइएका उनीहरूले जेलजीवन विताइरहेका समय स्थानीय र अन्तर्राष्ट्रिय निन्दाको बावजुद पूर्वराष्ट्रपतिले उनीहरूलाई आममाफी दिई मुक्त गरेका थिए। 

राजपाक्षलाई पनि सामूहिक हत्याको नेतृत्व गरेको आरोप लगाइएको छ। तर उनले सन् २००५ देखि २०१५ को बीचमा रक्षा मन्त्रीको रूपमा सेवा गर्दा मतभेदकहरू र पत्रकारहरूको अपहरण र हत्या गरेको दावीको खण्डान गर्दै आएका छन्। 

सन् २०१९ मा उनी राष्ट्रपति बनेर सार्वभौम प्रतिरक्षा प्राप्त गरेपछि क्यालिफोर्नियाको एउटा अदालतमा उनीविरुद्ध दुईवटा मुद्दा फछ्र्यौट भएको थियो। ती मुद्दामध्ये एउटा यातनाबाट बचेका भनिएका ११ जना व्यक्तिहरूले दर्ता गरेका थिए अर्कोचाहिं राजपाक्षेको बिहेमा मारिएका तत्कालिन संस्थापक पक्षविरोधी एक सम्पादककी छोरीले गरेकी थिइन्।

प्रकाशित: Jul 25, 2022| 22:28 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।