शुक्रबार, असोज २३, २०८३

भुवन केसी बने चलचित्र विकास बोर्डका अध्यक्ष

केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गरेका थिए। बोर्ड अध्यक्ष हुनकै लागि उनी कांग्रेस प्रवेश गरेको त्यसबेला नै आकलन गरिएको थियो।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गरेका थिए। बोर्ड अध्यक्ष हुनकै लागि उनी कांग्रेस प्रवेश गरेको त्यसबेला नै आकलन गरिएको थियो। 

साउन २ गते बोर्डको अध्यक्षका लागि दश जनाले आवेदन दिएको सार्वजनिक भएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन २ गते बोर्डको अध्यक्ष पदका लागि १० उम्मेदवारको औंपाचारिक सूची सार्वजनिक गरेको थियो।

अध्यक्षका लागि अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सूचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवार थिए। 

प्रकाशित: Jul 25, 2022| 20:57 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।