बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • घरभित्रै जलेको अवस्थामा वृद्धाको शव फेला, नजिकै भेटियो मटीतेलको जर्किन

घरभित्रै जलेको अवस्थामा वृद्धाको शव फेला, नजिकै भेटियो मटीतेलको जर्किन

विराटनगर महानगरपालिका–९ मा एक वृद्धाको शव आफ्नै घरभित्र जलेको अवस्थामा फेला परेको छ। आइतबार साँझ उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

विराटनगर– विराटनगर महानगरपालिका–९ मा एक वृद्धाको शव आफ्नै घरभित्र जलेको अवस्थामा फेला परेको छ। आइतबार साँझ उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

Kumaribank

विराटनगर–९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। साँझ साढे ७ बजेतिर खबर आएपछि गएर हेर्दा आगोले शरीर पूर्ण रूपमा जलेको अवस्थामा शव फेला परेको थियो।

मृत फेला परेकी वृद्धाका पति विजयसिंह कोठारीले प्रहरीलाई घटनाको जानकारी दिएका थिए। आफू कामको सिलसिलामा बाहिर रहेको र घर पुगेपछि घटना थाहा पाएको बताएको प्रहरीले जनाएको छ। घटना भएका बेला परिवारका अन्य सदस्य घरको माथिल्लो तलामा थिए।

कोठाको चुकुल भित्रबाट लगाएको र आगोले जलेर मृत्यु भएको अवस्थामा वृद्धाको शव भेटिएको हो। कोठा बन्द गरेर वृद्धा आफैंले शरीरमा मटीतेल छर्किएर आगो लगाएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। शव नजिकै मटीतेलको जर्किन र सलाइ फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा प्रष्ट हुने प्रहरीले बताएको छ।

प्रकाशित: Jul 25, 2022| 17:23 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।