बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्रीले हिंसा भड्काउन खोजेको भन्दै एमालेद्वारा सरकारको धारणा माग

मुख्यमन्त्रीले हिंसा भड्काउन खोजेको भन्दै एमालेद्वारा सरकारको धारणा माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

 विराटनगर- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ। मुख्यमन्त्री राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न उसले माग गरेको हो।

Kumaribank

सोमबारको प्रदेशसभा बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशको नामकरणको सन्दर्भमा मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दा भएको र नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको अभिव्यक्ति दिने गरेको भन्दै सरकारको धारणा माग गरेका हुन्। 

मुख्यमन्त्रीले एउटा सीमित जाति विशेषको लागि मात्र नभएर सबैको भावनाबारे सोच्नु पर्ने उनले बताए। अधिकारीले भने, ‘पदको गरिमा कायम गर्नुपर्छ। मानिसको भूमिका समय परिस्थितिअनुसार फरक पर्न सक्छ,’ मुख्यमन्त्रीले अरू पहिचानवादीलाई असर गर्ने गरी अभिव्यक्ति दिनु हुन्छ की हुँदैन भनी सांसद अधिकारीले प्रश्न गरे। 

सांसद बिनादेवी राईले नामको विषयमा विपक्षमा हुँदा नाम राख्ने भन्ने तर सरकारमा पुगेपछि नामको विषयमा चासो नदिएको भन्दै सरकार के गरेर बसिरहेको छ भन्दै प्रश्न गरिन्। सरकार नै हिंसा भड्काउन उद्धत रहेको उनले बताइन्। उनले जनताको मागअनुसार तुरुन्तै प्रदेशको नामकरण गर्न आग्रह गरिन्। 

मुख्यमन्त्री राई प्रदेश एकको नाम किरात राख्नुपर्ने पक्षमा छन्। उनले किरात नामकै विषयमा अभिव्यक्ति दिने गरेका छन्।

Metro Mart

प्रकाशित: Jul 25, 2022| 14:22 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।