सोमबार, साउन १८, २०८३

गायिका सुनारका हत्या आरोपित कारागार चलान

लोकगायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ कारागार चलान भएका छन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- लोकगायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आइतबार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा पठाउन आदेश दिएको हो। अदालतको आदेशपछि प्रहरीले उनलाई कारागार चलान गरिसकेको छ।

मृतक दिलमाया सुनार।
गत असार ११ काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा दिलमाया मृत फेला परेकी थिइन्। ३३ वर्षीया दिलमायाको हत्या भएको भन्दै उनका बुबा केशर कामीले सूर्यविरुद्ध किटानी जाहेरी दिएका थिए।

सुरुमा आत्महत्याको आशंका गरिए पनि मृतकको घाँटीमा डाम देखिएपछि प्रहरीले पनि हत्याको आशंका गरेको थियो। हत्या भएको रात दिलमायाकै कोठामा सूर्य पनि बसेका थिए। तर उनी राति नै भागेका थिए।

प्रकाशित: Jul 25, 2022| 14:20 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।