शुक्रबार, असोज २३, २०८३

अभिनेता अजय देवगण र दक्षिण भारतका सुरियाललाई राष्ट्रिय फिल्म अवार्ड

बलिउड अभिनेता अजय देवगण र दक्षिण भारतका अभिनेता सुरिया शिवकुमारले राष्ट्रिय फिल्म अवार्ड पाउने भएका छन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- बलिउड अभिनेता अजय देवगण र दक्षिण भारतका अभिनेता सुरिया शिवकुमारले राष्ट्रिय फिल्म अवार्ड पाउने भएका छन्। 

भारत सरकारले ६८औं राष्ट्रिय फिल्म अवार्ड घोषणामा ‘तान्हाजी : द अनसङ वारियर’बाट अजय देवगण र ‘सोरारई पोटुरु’बाट सुरियालाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिने जनाएको हो।

‘सोरारई पोटरू’लाई पाँच विधामा अवार्ड प्राप्त भएको छ भने सर्वोत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जुनियर’ बनेको छ । 

‘सोरारई पोटरू’बाट अर्पणा बालमुरलीलाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि मिल्यो। ७८औं गोल्डेन ग्लोब्स अवार्डमा यो फिल्म विदेशी भाषी तर्फको विधामा मनोनीत भएको थियो।  

फिल्मको कथा क्याप्टेन गोपीनाथको जीवनमा आधारित छ। जो आकाशमा उडिरहेको सपना मात्रै देख्दैन, आकाशमा उड्न सफल पनि हुन्छन्। 

ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘तान्हाजीः द अनसङ वारियर’ एक जना मराठा योद्धा तानाजी मालुसुरेको वीरताको कथा हो। जसमा अजय देवगनका साथै सैफअलि खान र काजोलको मुख्य अभिनय रहेको छ।

प्रकाशित: Jul 25, 2022| 14:16 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।