बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • किशोरी सामूहिक आत्महत्या घटना : दुई जनाको मोबाइल भेटियो, शवमा चोटपटक छैन

किशोरी सामूहिक आत्महत्या घटना : दुई जनाको मोबाइल भेटियो, शवमा चोटपटक छैन

झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोबाइल फेला परेको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोबाइल फेला परेको छ।

Kumaribank

झापा प्रहरीका अनुसार दुई जनाको गोजीमा मोबाइल भेटिएको हो। दुवै मोबाइल लक भएकाले जाँचका लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइने प्रहरीले जनाएको छ। मोबाइल खुलेपछि अनुसन्धानमा सहयोग पुग्ने प्रहरीको अपेक्षा छ।

प्रहरीका अनुसार तीनै जनाको शवमा कुनै चोटपटक देखिएको छैन। शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटना धेरै शंकास्पद नदेखिए पनि अनौठो प्रकारको भएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गरिने प्रहरीले बताएको छ।

कचनकवल गाउँपालिका–५ पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनीहरु सोही चिया बगाममा मजदुरी गर्दै आएका थिए।

प्रकाशित: Jul 25, 2022| 14:00 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।