सोमबार, असोज ८, २०८०

प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गयो

यसअघि पनि खोप प्रयोग हुन नसक्दा अष्ट्राजेनेकाको ५० हजार मात्रा खेर गएको थियो। यसरी हेर्दा प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गएको पाइन्छ।
 |  सोमबार, साउन ९, २०७९
averest bankaverest bank

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, साउन ९, २०७९

विराटनगर- प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो। 

sagarmatha cement

प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रलाई असार अन्तिममा खोप आएकाले प्रयोग हुन नसकेको हो। केन्द्रका प्रमुख शम्भु साहले छोटो अवधिको खोप भएकाले प्रयोग हुन नसकेको बताए। ‘प्रदेश १ का कुनै जिल्लाबाट पनि माग आएन। खोपको म्याद सकिन पनि १५ दिन बाँकी थियो। त्यसैले ठूलो मात्रामा कोरोनाविरुद्धको खोप खेर गएको हो,’ उनले भने। जिल्लाहरूले खोप खपत नहुने भन्दै माग नगरेपछि खोप केन्द्रमै रहेको उनले बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार अन्तिममा प्रदेश १ का लागि १२ हजार डोज कोभिशिल्ड पठाएको थियो। एक हजार डोज मोरङमा प्रयोग भएको केन्द्रका प्रमुख साहले बताए। यसअघि पनि खोप प्रयोग हुन नसक्दा अष्ट्राजेनेकाको ५० हजार मात्रा खेर गएको थियो। यसरी हेर्दा प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गएको पाइन्छ।

७९ प्रतिशतलाई पूर्णमात्रा

प्रदेश १ मा ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप लगाएका छन्। ४९ लाख ८२ हजार २४९ लक्षित जनसंख्या मध्ये ७९ प्रतिशतले खोप लगाएको आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ। १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर खोप लगाएका छन्।  

कुन खोप कतिले लगाए

प्रदेश १ मा कोभिड १९ विरुद्धको ६ प्रकारका खोप लगाइएको छ। कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाईजर र मोर्डनाको खोप दिइएको छ। 

कोभिशिल्डको पहिलो मात्रा ४ लाख ४० हजार ८२१, दोस्रो मात्रा ४ लाख ७१ हजार ५४२ र बुस्टर ३ लाख ७९ हजार ८९८, भेरोसेल पहिलो मात्रा १७ लाख ४४ हजार ८७०, दोस्रो मात्रा १३ लाख ५९ हजार ८७१ र बुस्टर ४९ हजार ५९६, जोन्सन एण्ड जोन्सन (एक मात्र मात्रा) ५ लाख ७५ हजार ६० र बुस्टर ७ लाख ४८ हजार ७३२, अष्ट्राजेनेका पहिलो मात्रा ४ लाख २८ हजार १४२, दोस्रो ३ लाख ४० हजार ९३६ र बुस्टर ३ लाख ४४ हजार १३० जनाले लगाएको प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार फाईजरको पहिलो मात्रा १ लाख ४६ हजार ८८८, दोस्रो मात्रा ७२ हजार २८ र बुस्टर ९१ हजार २६९, मोर्डनाको पहिलो मात्रा ५ लाख ४१ हजार ६७६, दोस्रो मात्रा ४ लाख ७२ हजार ४०१ र बुस्टर ५ लाख १ हजार ७६ जनाले लगाएका छन्।

प्रदेश १ स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र

समग्रमा ३३ लाख ३२ हजार ३९७ ले पहिलो मात्रा, ३२ लाख ६७ हजार ३८ ले दोस्रो मात्रा र १४ लाख ३० हजार ७०१ ले बुस्टर खोप लगाएको केन्द्रका प्रमुख साहले जानकारी दिए।  उनका अनुसार प्रदेश १ मा शुक्रबारसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ। उनका अनुसार कतिपयले पहिलो मात्रा अन्यत्र लगाएर दोस्रो तथा बुस्टर प्रदेश १ मा लगाएका कारण केही खोपमा पहिलो मात्राको तुलनामा दोस्रो तथा बुस्टर मात्रा बढी पनि देखिएको छ। 

जिल्लामा मौज्दात खोप कति?

प्रदेश १ का १० जिल्लामा भेरोसेल, जोनसन र फाईजर खोपको मौज्दात छ। ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, मोरङमा कोभिड १९ विरुद्धको खोप मौज्दात नरहेको प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन निरीक्षक राजेन्द्र श्रेष्ठले बताए। 

श्रेष्ठका अनुसार संखुवासभामा भेरोसेल ३ हजार १ सय डोज, सोलुखुम्बुमा भेरोसेल ५० र जोनसन २५०, खोटाङमा भेरोसेल ५ सय र  जोनसन २५०, भोजपुरमा भेरोसेल ७०, जोनसन १५ हजार, तेह्रथुममा भेरोसेल ३००, जोनसन ४ सय, पाँचथरमा भेरोसेल १ हजार ८ सय, जोनसन २ हजार ४८०, इलाममा जोनसन २ हजार ५००, झापामा भेरोसेल १ हजार २००, जोनसन २६ हजार ६००, फाईजर १ लाख २५ हजार २००, सुनसरीमा भेरोसेल १ सय, जोनसन ३ हजार, फाईजर १ लाख १८ हजार र उदयपुरमा जोनसन २ हजार ३८५ डोज मौज्दात रहेको छ। 

प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रमा फाईजरको १ लाख ७४ हजार ८ सय मात्रा मौज्दात रहेको श्रेष्ठले बताए । उनका अनुसार म्याद सकिएको कोभिशिल्डको ११ हजार मात्रा पनि रहेको छ । प्रदेशभर ४ लाख १८ हजार डोज खोप बाँकी रहेको छ। अहिले दैनिक औसतमा २ हजार ८५० जनालाई खोप लगाउने गरिएको बताइएको छ। 

समुदाय स्तरमा खोप अभियान सञ्चालनको तयारी

कोभिड १९ विरुद्धको खोपका समुदाय स्तरमा अभियान सञ्चालन गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयले तयारी गरेको छ । खोप केन्द्रमा खोपका लागि सर्वसाधारण आउन छाडेपछि समुदाय स्तरमा नै अभियान चलाउने तयारी गरिएको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। 

'खोप नै खेर जानथालेपछि घर–घर पुग्नेगरि अभियान चलाउनुपर्ने देखियो,’ उनले भने। स्वास्थ्य कार्यालयहरूका प्रमुखसँग यसबारे छलफल भइरहेको उनले बताए। खोप केन्द्रहरूमा अहिले फाट्टफुट्ट मात्रै खोप लगाउने व्यक्ति आउने गरेको उनी बताउँछन्। 

‘५–११ वर्ष उमेर समूहका बालबालिकालाई अहिले विद्यालयमा खोप लगाउने कार्यक्रम भइरहेको छ। विद्यालयको कार्यक्रमपछि समुदायस्तरको कार्यक्रम अघि बढाइने छ,’ उनले भने।

प्रकाशित: Jul 25, 2022| 13:31 सोमबार, साउन ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।