सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या, तीन जना पक्राउ

पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या, तीन जना पक्राउ

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरिएको हो।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

पर्सा- चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरिएको हो।

National life

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२ बस्ने १९ वर्षीय जफ्रुदीन भनिने सलमान खान, सोही महानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन्। 

बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगन्ज महानगरपालिका-२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला पारेको थियो। 

घटनाको अनुसन्धानको क्रममा १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछ गर्दा उनको बयानको आधारमा अन्य दुई जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। 

तीन जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका-२ घुसुकपुरस्थितबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका-१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद  थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनामा संलग्न फरार एक जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रकाशित: Jul 25, 2022| 12:58 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।