सोमबार, जेठ ४, २०८३

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा [को कहाँ?]

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। जसमध्ये ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

National life

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। जसमध्ये ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखमा एसपी अजय केसीको काज सरुवा गरिएको छ। केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत थिए। केसीको ठाउँमा एसपी शिवकुमार श्रेष्ठ आउने भएका छन्।

त्यसैगरी बारा प्रहरीको प्रमुखमा एसपी होबिन्द्र बोगटीको सरुवा भएको छ। बोगटी प्रहरी प्रधान कार्यालयस्थित कानुन शाखामा थिए। त्यसैगरी कपिलवस्तु प्रहरी प्रमुखमा प्रेमबहादुर बस्नेत, रौतहट प्रहरी प्रमुखमा बीरबहादुर बुढामगर, मकवानपुरमा बामदेव गौतम, डोटीमा दिलिप घिमिरे, भक्तपुरमा प्रजित केसी, इन्टरपोल शाखामा अनुपमशम्शेर जबरा, युएन शाखामा विश्व अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गंगा पन्तको सरुवा भएको छ।

प्रकाशित: Jul 24, 2022| 18:29 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।