बुटवल– पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो।
प्रहरीका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। बस सडकबाट करिब सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन।