शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कल सेन्टरको नाममा ठगी धन्दा, डेढ सय कर्मचारी राखेर करोडौं कारोबार

कल सेन्टरको नाममा ठगी धन्दा, डेढ सय कर्मचारी राखेर करोडौं कारोबार

ह्वाट्सएपबाट ठगी गर्ने गरी कल सेन्टर सञ्चालन गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट लिई सञ्चालन गरिएको ब्लु स्काई कल सेन्टरमा प्रहरीले छापा मारेको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

बुटवल– ह्वाट्सएपबाट ठगी गर्ने गरी कल सेन्टर सञ्चालन गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट लिई सञ्चालन गरिएको ब्लु स्काई कल सेन्टरमा प्रहरीले छापा मारेको हो।

National life

ठगी धन्दा चलाएको आरोपमा भारतीय नागरिक जिसाजसहित ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। उनका अनुसार सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज पठाउने, अश्लिल म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता काम कल सेन्टरबाट हुने गरेको पाइएको छ।

भारतीय नागरिक जिसाजको नेतृत्वमा नेपालका १५० जना १६ देखि २३ वर्षसम्मका युवायुवतीहरुले कल सेन्टरमा काम गर्ने गरेको डिएसपि केसीले बताए। १ सय ५० जना कर्मचारीले १२ देखि ३० हजारसम्म तलब खाने गरेको समेत उनले बताए। प्रहरीले छापा मार्दा २ सय ४० जना कार्यालयमा थिए। कल सेन्टरमा कार्यरत सबैलाई निगरानीमा राखेर अनुसन्धान गरिने प्रहरीले बताएको छ।

३ सय जति कम्प्युटर राखेर काम गर्ने कल सेन्टरमा अवैध धन्दा भइरहेको सूचना आएपछि छापा मारिएको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए। सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पार्ने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। नेपालबाट उनीहरुले भारतमा बढी मात्रामा ठगी धन्दा चलाउने गरेका थिए। दैनिक कल सेन्टरबाट ठगीबाटै डेढ करोडसम्म आम्दानी हुने गरेको रेकर्ड भेटिएको डिएसपि केसीले बताए। कल सेन्टरको कनेक्सन कहाँकहाँ छ भनेर खोजतलास गर्ने प्रहरीले बताएको छ।

अधिकांश प्लस टु र ब्याचलर लेभल अध्ययनरत विद्यार्थीहरुले काम गरेका छन्। काम गर्नका लागि हिन्दी भाषा अनिवार्य गरिएको प्रहरी नियन्त्रणमा रहेका कर्मचारीहरुले बताएका छन्। उनीहरुले एनसेलको कल सेन्टरमा काम गर्ने बताउने गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 24, 2022| 17:19 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।