आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

होराइजन गौतम बुद्ध माविलाई आईएसओ ९००१: २०१५ प्रमाणपत्र

होराइजन गौतम बुद्ध माविमा आईएसओ ९००१: २०१५ को घोषणा तथा तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
 |  आइतबार, साउन ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

बुटवल– होराइजन गौतम बुद्ध माविमा आईएसओ ९००१: २०१५ को घोषणा तथा तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ। होराइजन गौतम बुद्ध माविले आफ्नो शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्न सफल भएको भन्दै अन्तर्राष्ट्रिय गुणस्तर घोषणा कार्यक्रम गरेको हो।

triton college

यसैगरी सोही अवसरमा २०७९  वैशाख ३० मा भएको निर्वाचनबाट निर्वाचित तिलोत्तमा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा वडा नम्बर १ का अध्यक्ष तथा वडा सदस्यहरूलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो।

होराइजन गौतम बुद्ध मावि सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी देवी चौधरी, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरी, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रमाकान्त तिवारी थिए।

कार्यक्रममा होराइजन गौतम बुद्ध माविका प्राचार्य गोपालप्रसाद आचार्यले यस संस्थाले राजधानी बाहिर उत्तम शिक्षा दिने संस्थाका रूपमा राष्ट्रिय स्तरमै नाम कमाएको उल्लेख गरे। उनले संस्थाले प्राप्त गरेको यो गुणस्तर प्रमाण यसको कुशल व्यवस्थापन, सुव्यवस्थित शिक्षण, उच्चतम परिणाम, विद्यार्थीहरूको अधिकतम सहभागिता र संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत गरेको योगदानका कारण सफल भएको उल्लेख गरे। यसबाट अझै धेरै काम गर्नुपर्ने दायित्व थपिएको उनले बताए।

डिलाइट नेपाल काठमाडौंका सञ्चालक प्रज्ज्वल भट्टराईले संस्थाभित्र सञ्चालित शिक्षण सिकाइ कार्यकलाप सहपाठ्य कार्यकलाप, पाठ्यान्तर कार्यकलाप, स्थानीय पाठ्यक्रमको प्रयोग, कोभिडको समयमा सञ्चालन गरेको प्रभावकारी अनलाइन शिक्षण सिकाइ, भौतिक पूर्वाधार तथा विद्यार्थीमैत्री शिक्षालाई आधार बनाएको हुँदा आईएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भएको बताए। आईएसओ प्रमाणपत्र विभिन्न इन्डिकेटरहरू पूरा गरेर मात्र अन्तर्राष्ट्रिय अनुगमनपछि युनाइटेड एक्रेडिटेरिङ यूके तथा एलएमएस सर्टिफिकेसन कोरियन एक्रेडिसन बोर्डबाट प्राप्त गरिएको उनले स्पष्ट पारे।

Metro Mart
vianet

नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले तिलोत्तमा नगरपालिकाले पनि अन्तर्राष्ट्रिय गुणस्तरका इन्डिकेटरहरू पार गरी आईएसओ प्रमाणपत्र प्राप्त गरेको बताइन्।

नगरप्रमुख रामकृष्ण खाणले विद्यालयले प्राप्त गरेको उपलब्धिका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक प्राध्यापकहरू, कर्मचारीहरू र यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको योगदान रहेकाले सबैलाई बधाई ज्ञापन गर्दै २०४६ सालपछि स्थापित निजी विद्यालयहरूले नै शिक्षाको गुणस्तरलाई माथि उठाएको बताए। उनले आउने दिनमा निजी तथा सामुदायिक विद्यालयलाई प्रतिस्पर्धात्मक रूपमा अगाडि बढाउँदै लैजाने र यस कार्यमा निजी विद्यालयहरूको अनुभव लिइने बताए।

प्रकाशित: Jul 24, 2022| 17:10 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।