बुधबार, मंसिर २०, २०८०

छोरीहरू आफन्तको घरमा गएको आशमा बसेको परिवार शोकमा

प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ र आवश्यक अनुसन्धानमा जुटेको छ। प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिएको प्रहरीको भनाइ छ।
 |  आइतबार, साउन ८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– आइतबार बिहान ८ बजेतिर झापा प्रहरीकहाँ एउटा सूचना पुग्यो– चिया बगानमा तीन जना झुन्डिएका छन्। प्रहरी टोली तत्काल झापाको कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगानमा पुग्यो, जहाँ एउटै रुखमा तीन किशोरी झुन्डिएका थिए। तीनै जनाको प्राणपखेरु उडिसकेको थियो। घटनास्थलमा स्थानीयको भीड लागेको थियो। परिवारका सदस्यमा रुवाबासी थियो। 

sagarmatha cement

चिया बगानसँगै रहेको एउटा रुखमा तीन किशोरी झुन्डिएका थिए। गाई बाँध्ने दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरी तीन किशोरीले बयरको रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ। आत्महत्या गर्नेमा कचनकवल–५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेको प्रहरीले जनाएको छ।

उनीहरू तीनै जना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए। आइतबार बिहान साढे ७ बजेतिर झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। किशोरीहरु चिया बगानमा काम गर्ने गरेका थिए। 

प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ र आवश्यक अनुसन्धानमा जुटेको छ।  प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिएको प्रहरीको भनाइ छ। 

तीन किशोरी साथी–साथी हुन्। उमेर पनि दुईको १६ र एक जनाको १७ वर्ष। घर नजिकैको चिया बगानमा काम गर्ने उनीहरु प्रायः सँगै हुन्थे।  शनिबार दिउँसो १२ बजेतिर उनीहरु सँगै घरबाट निस्किएका थिए। त्यसपछि उनीहरु घर फर्केनन्, एकैचोटी आज बिहान एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए।

घटनास्थलमा पुगेका कचनकवल गाउँपालिका–५ का वडाध्यक्ष मोहम्मद नुर आलमका अनुसार तीनवटै परिवार छोरीहरु घर फर्किएर आउने आशमा बसेको थियो। कतै आफन्तको घरमा बसे होलान् भन्ने अनुमान थियो परिवारको। त्यही अनुमानमा धेरै खोजीनिती पनि गरेनन्।  आज बिहान चिया टिप्न जानेले अशुभ समाचार सुनेपछि परिवार शोकमा छ, पूरै गाउँ विह्वल छ।  

वडाध्यक्ष आलमका अनुसार किशोरीहरु झुन्डिएको बयरको रुख खोलाको डिलमा छ।  

प्रकाशित: Jul 24, 2022| 15:10 आइतबार, साउन ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।