शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्लासिकोमा बार्सिलोना विजयी, चेल्सीमाथि आर्सनलको प्रभावशाली जित

क्लासिकोमा बार्सिलोना विजयी, चेल्सीमाथि आर्सनलको प्रभावशाली जित

दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडबीच भएको खेलमा बार्सिलोना विजयी भएको छ। आइतबार बिहान अमेरिकाको लस भेगासमा भएको खेलमा बार्सिलोनाले रियललाई १–० ले पराजित गरेको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडबीच भएको खेलमा बार्सिलोना विजयी भएको छ। आइतबार बिहान अमेरिकाको लस भेगासमा भएको खेलमा बार्सिलोनाले रियललाई १–० ले पराजित गरेको हो।

National life

बार्सिलोनाका नयाँ खेलाडी राफिन्हाले गरेको डेब्यु गोल नै जितका लागि पर्याप्त बन्यो। साथै बार्सिलोनाबाट स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले पनि डेब्यु गरेका छन्। आफ्ना मुख्य खेलाडी तथा कप्तान करिम बेन्जेमाबिनै मैदान उत्रिएको रियलले एउटा पनि सट गोल पोष्टभित्र गर्न सकेन। केही समयपछि सुरु हुन लागेको स्पेनिस ला लिगाको तयारी तथा विदेश भ्रमणमा रहेका यी टिमले एक मैत्रीपूर्ण खेल खेलेका हुन्।

त्यस्तै अन्य प्रि सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलहरुमा आर्सनलले घरेलु प्रतिद्वन्द्वी चेल्सीमाथि ४–० को प्रभावशाली जित निकालेको छ। फ्लोरिडामा भएको खेलमा आर्सनलका लागि नयाँ खेलाडी ग्राबियल जेजस, मार्टिन, साका र लोकोन्गाले समान एक–एक गोल गरे।

अर्लिन हालान्डको डेब्यु खेलमा उनकै एकमात्र निर्णायक डेब्यु गोलमा म्यान्चेस्टर सिटीले जर्मन च्याम्पियन वायर्न म्युनिखलाई १–० ले हाराएको छ। सिटीका लागि १२औं मिनेटमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो। खेल चलिरहेको समयमै भारी वर्षा भएपछि छोट्याइएको खेलको बाँकी समयमा कुनै पनि टिमले गोल गर्न सकेनन्।

प्रकाशित: Jul 24, 2022| 12:11 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।