शुक्रबार, मंसिर २२, २०८०

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो धामी–झाँक्री सम्मेलन

कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ।
 |  शनिबार, साउन ७, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

धनगढी– कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ।

sagarmatha cement

सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ।

महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण जनाउँदै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछूत नगरी उचित सम्मान प्रकट गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण सिर्जना गर्न कुनै पनि किसिमको लैङ्गिक भेदभाव नगरी मर्यादित महिनावारीमैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने घोषणापत्रमा उल्लेख गरिएको छ।

घोषणापत्रमा घर–परिवारमा मर्यादित महिनावारीमैत्री बनाउन किशोरी, महिलालाई महिनावारी हुने पाँच दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।

worldlink

धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिमा आत्मविश्वास बढाउनका लागि मर्यादित महिनावारीका बारेमा सूसुचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताका लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने सो घोषणापत्रमा भनिएको छ।

कार्यक्रममा सदूर पश्चिम प्रदेशका अर्थ राज्यमन्त्री अमरबहादुर साउदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणपत्र कार्यान्वयन गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले महिनावारी भएको बेला हुने विभेद् विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे।

छाउपडी अर्थात् महिनावारीप्रति समाजले हेर्ने दृष्टिकोण फेर्नका लागि एक व्यक्ति लाग्नुभन्दा पनि सबैको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो। सम्मेलनमा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित: Jul 23, 2022| 19:58 शनिबार, साउन ७, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।