सोमबार, फागुन १८, २०८२

नेपाली यू-२० टोलीको बिदाइ

भ्रमण टोलीमा २३ खेलाडीसहित ३१ सदस्य रहेका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं- भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलका लागि  सहभागिता जनाउने नेपाली टोलीलाई शुक्रबार एन्फाले बिदाइ गरेको छ। भ्रमण टोलीमा २३ खेलाडीसहित ३१ सदस्य रहेका छन्।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दीपक खतिवडालगायतले बिदाइ गरे। 

सदस्य सचिव घिसिङ र एन्फा अध्यक्ष नेम्वाङले टोलीलाई जितेर आउने शुभकामना दिए।

नेपालले उद्घाटन खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ। त्यस्तै, दोस्रो खेल श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ। नेपालले भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्त २ मा खेल्नेछ। 

राउन्ड रोविन लिगका आधारमा सहभागी पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। साफ च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ।

kumari

नेपाली टोली

गोलरक्षक : ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख

डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

फरवार्ड : रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी

मुख्य प्रशिक्षक : मेघराज केसी

सहायक प्रशिक्षक : बालगोपाल साहुखल

गोलकिपिङ प्रशिक्षक : उज्ज्वल मानन्धर

टिम व्यवस्थापक : दिवाकर घले

फिजियो : लोकेन्द्र कुँवर

मिडिया : हेमराज हमाल, सुवास सुवेदी र निलम महर्जन

प्रकाशित: Jul 22, 2022| 13:08 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।