बुधबार, कात्तिक १९, २०८२

कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

मोरङको बूढीगंगा–२ गंगा चोकमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९
Kumaribank
Metro Mart

विराटनगर– मोरङको बूढीगंगा–२ गंगा चोकमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का करिब २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो।

कन्टेनरले बिहान पौने ७ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए। घटनाको विरोधमा स्थानीयले सवारीसाधन सञ्चालनमा रोक लगाएर केहीबेर कोसी लोकमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले अहिले अवरुद्ध सडक सञ्चालनमा आएको बताएको छ।

प्रकाशित: Jul 22, 2022| 08:35 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।