बुधबार, वैशाख २६, २०८१

बीपीले विश्वास गरेका परशुनारायाण पञ्चायत पसेपछि...

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थें। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो- मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन।
 |  शुक्रबार, साउन ६, २०७९

जयप्रकाश गुप्ता

जयप्रकाश गुप्ता

शुक्रबार, साउन ६, २०७९

आफ्ना केही साथीहरूका साथ परशुनारायण चौधरी ४-५ दिनअघि मात्र पञ्चायत पस्नुभएको थियो। उहाँले आफ्नो वक्तव्यको शिर्षक 'अबको नयाँ बाटो' राख्नु भएको थियो। यसका हस्ताक्षरकर्तामा यसअघि पञ्चायत पसेका केही मानिसहरू पनि थिए।

triton college

परशुनारायण चौधरीको पञ्चायततिर पलायनको बडो ठूलो चर्चा थियो। आजको जस्तो सामाजिक सञ्जाल र मिडियाको विशाल संख्या त थिएन तर, सरकारी सञ्चारमाध्यमहरूले लामो समयसम्म यस समाचारलाई प्रमुखता दिई राखे।

जनमत संग्रहताकाको प्रचारका क्रममा काठमाडौंको टुँडीखेलको आम सभामा बीपी कोइरालाले मुलुकमा बहुदल आए परशुनारायण नेपालको प्रधानमन्त्री हुने भन्नु भएको थियो। त्यस सभाको मञ्चमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि रहनु भएको थियो।

अप्रत्याशित रूपमा बीपीको यो भनाइ सुनेर कालो चश्मा लाउनुभएका गणेशमानजी मुसुक्क हाँसेको र किसुनजी मञ्चको सिमेन्टे भुइँमा छाताको डण्डीले थिचेको मैले प्रष्ट देखेको थिएँ। यो विषय उहाँहरूका बीचमा सुविचारित थियो वा थिएन मलाई पछिसम्म जानकारी भएन। यद्यपि बीपीको ठूलो विश्वास परशु नारायणका लागि मुखरित भएको थियो। बीपीको विश्वासमा रहेका यस्तो मानिस सुटुक्क पञ्चायत पसेको अवस्था थियो। यसर्थ बीपीको रोजाइका बारेमा पनि प्रश्न उठेको थियो।

परशुजीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन। 'नेपाली जनताले जुन कारणले परशु नारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन,' यति थियो बीपीको प्रतिकृया। बिबिसीलाई बीपीले यति मात्र भन्नु भयो। एमालेबाट बामदेव निस्किँदा 'पिलो निचोरियो' भनेर उ बेला केपी ओलीले भनेको, आज पनि केपीले माधव नेपालहरूलाई आलोचना गरेझैं, उपेन्द्रले बाबुराम भट्टराईका बारेमा बैगुनी कुरा गरेको या शेरबहादुर देउवाजीले शेखर कोइरालाको वजूदलाई इन्कार गरी शेखी झार्न तम्सेको भाषा प्रयोग गर्ने त्यो जमाना थिएन क्यार ! कांग्रेसभित्र भ्रमको जालो फैलाउन र बीपीलाई चालबाज देखाउन रमेशनाथ पाण्डेले त भित्रभित्र पञ्चायतसँग कुरा मिलाएर बीपीले परशुलाई पठाएका हुन् किरु यस्तो आशंका गर्दै लेखेका थिए।

corrent noodles
Metro Mart

तर, गम्भीर चर्चा के थियो भने बीपीको चयन प्रायः गलत हुने गरेको छ। बीपीले साह्रै पत्यार गरेका मानिसहरू बीपीलाई नै फाप्दैन। डा तुलसी गिरी, विश्वबन्धु थापा, डा नागेश्वर प्रसाद सिंह, बखान सिंह गुरू, सूर्य प्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतु चौधरी लगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी( यस्ता मानिसहरूको सूची लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए। प्रदीप गिरी कहिले पञ्चायत पस्नु भएन, तर ०३०-०३१ पछिको अवधिमा बीपीका सोचहरूको कटु आलोचना गर्नुहुन्थ्यो। जबकी हवाई अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुरन्धरै धुन्धुकारी देखिएका थिए। यस्ता अनेकन प्रेम र धोकाको अध्यायमा मानिसहरूका बीच कुराकानी हुन्थ्यो कि, सहकर्मीको रोजाइमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो।

बीपी सन् १९७७ नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुँदा परशुनारायण र गिरिजा बाबु दुबै जनालाई पटना-काठमाडौंको हवाईजहाजमै उहाँले प्रतिबन्धित नेपाली कांग्रेसको महामन्त्री बनाउनु भएको थियो। राष्ट्रिय मेलमिलापको नीतिका साथ लामो भारत प्रवासपछि २०३३ मा बीपी र उहाँका साथ गणेशमान सिंह, निलाम्बर पन्थी, खुमबहादुर खड्काहरू काठमाडौं हवाई अड्डाबाटै गिरफ्तार गरिनु भएको थियो। केही समयपछि बीपीको स्वास्थ्य निकै बिग्रिएपछि राजा बीरेन्द्रले उपचारका लागि अमेरिका जान पेरोलमा रिहा गर्ने सदाशयता देखाउनु भएको थियो।

बीपीको पार्थिव शरीर छेउ उभिएका जयप्रकाश।

उपचारपश्चात बीपी पटना हुँदै नेपाल फर्किनु भयो र पुनः थुनामा राखिनु भयो। यसअघि पटनामा नेपाली कांग्रेसको सम्मेलन भएको थियो, जहाँ बीपीले किसुनजीलाई पार्टीको कार्यवाहक सभापति बनाउनुभयो। यो मेरो सौभाग्य थियो कि म एकदमै कम उमेरमा सप्तरीबाट त्यस सम्मेलनमा सहभागी भएको थिएँ। यही बेला बीपीले शानेवानिको विमानमै बसी परशुजी र गिरिजाबाबु महामन्त्री नियुक्त गरिएको एक सानो विज्ञप्ति कुनै सहयात्रीलाई दिनुभयो, जो पछि सबैले थाहा पाए। यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो। यसरी एकै पटक दुई जना महामन्त्री भएको सायद गिरिजा बाबुलाई त्यतिसारो मन परेको थिएन क्यार !

त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो। परशुजीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनु भएको थियो। बीपीले विशेष नेताहरूलाई भोजनमा बोलाउनु भएको थियो। खानाको अन्त्यमा बीपीले रूचिपूर्वक खीर खाँदै गर्दा चक्र बास्तोलाले कुरा उठाई हाल्नुभो। यो कुरा फेरि गिरिजा बाबुको पनि रूचिको कुरा भएको थियो। त्यसैले बीपीले यसको जवाफ नपन्छाउनु होस् भनेर गिरिजा बाबुले चक्र जीतिर उन्मुख हुँदै जिज्ञासा गर्नुभोस के भन्नु भो अरे चक्रजी? बीपी, गिरिजा बाबु, सुशील दा, शेख इद्रिस, बीरेन्द्र दाहाल, लक्ष्मण बस्नेत र म पनिस हामी सबै चक्रजीका प्रति उन्मुख भयौं। चक्रजी बीपीसँग सदैव निर्भिक रहनु हुन्थ्यो। गिरिजा बाबु सदैब थिचिएको ! चक्रजीले भन्नु भयोस हैन सान्दाजु, परशु नारायणलाई त तपाईंले निकै पत्याउनु भएको थियो। उनले धोका दिए। तपाईंलाई शंका थिएन? के पहिलेदेखि नै उनीप्रति तपाइको विश्वास अडिग थियो र?

बीपीले चक्रजीलाई भन्दा पनि गिरिजा बाबुतर्फ मुखातिव हुँदै सोध्नु भयो-  गिरिजा कुनै पनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? गिरिजा बाबुले संकोचका साथ भन्नु भयो-  म त लामो समयसम्म मानिसको परख गर्छु। शुरूमा त शंका गरिरहन्छु। परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु। बीपीले सोध्नु भयो- ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसँग रहेनन् र?

बीपीले थप्नु भयोस् सोच्दै गर्नु। म त विश्वासलाई नै आधार मान्दछु। पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहाँ हुन्छ र ? यो सर्वकालिक हुँदैन। मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ। तत्कालिक परिस्थितिलाई भने उसको बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र निस्पृहताले निर्धारित गर्दछ यसर्थ, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन।

सबैले विस्तारै दूधको खीर सकेका थिए। मन मिठो भएको थियो। तर, यस संवादले भने सबैलाई, खासगरी बीपीवाहेक हामी सबैलाई उद्वेलित पारेको थियो।

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थें। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो- मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन। को कहाँ रहन्छ, कोही कहाँ पुग्छ। तर, ज्ञान र इमानदारिता भने सर्वकालिक नै हुन्छ। आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ। हुनत नेपाल मात्र हैन- सबैतिर यही अवस्था छ। बडेमानका विश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ। कसले यस प्रश्नको अकाट्य जवाफ दिएका छन् कि नेताका कुनै पनि सहयोगीसँग त्यसस नेताको सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ?

बीपीको आदर्श त मेरो मनमा छ। तर, मैले पनि मलाई पहिचान दिएको नेपाली कांग्रेसलाई छोडेँ, अझ गिरिजाबाबुलाई छोडेँ। म स्वयंसँग पनि यसको जवाफ छैन कि म विश्वासयोग्य थिएँ कि नेताले मलाई पत्याएको बखत उनी धोकामा परे, म आशंका योग्य थिएँ।

जे होस्, यो मेरो इमान्दार स्वीकारोक्ति हो कि साथ रहुन्जेल पूरै इमान्दार थिएँ, भरोसा योग्य थिएँ

आज बीपीलाई सम्झिँदैछु। थोरै भेटेँ तर भरपूर सम्झना छ। साउन ६ गते बीपीको प्राणहीन शरीरका छेउ उभिएको थिएँ त्यसबेला। जीवनका केही थोरै काल उहाँको वरिपरिमा बित्यो। त्यसमा म गर्व गर्दछु।

बीपी स्मृति दिवसमा उहाँलाई हार्दिक श्रद्धाञ्जली छ।

प्रकाशित: Jul 22, 2022| 07:51 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...