सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जापानमा कोभिडको सातौं लहर

जापानले कोभिडको सातौं लहरको सामना गरिरहेको छ। कोभिड–१९ बाट सङ्क्रमितको दर जापानमा उच्च बन्दै गएको छ।
 |  शुक्रबार, साउन ६, २०७९
nespernesper

रासस

रासस

शुक्रबार, साउन ६, २०७९

triton college
Metro Mart
vianet

टोकियो- जापानले कोभिडको सातौं लहरको सामना गरिरहेको छ। कोभिड–१९ बाट सङ्क्रमितको दर जापानमा उच्च बन्दै गएको छ।

पछिल्लो २४ घण्टामा जापानमा १ लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राजधानी टोकियोमा सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ। पछिल्लो २४ घण्टामा राष्ट्रव्यापी सङ्क्रमितको सङ्ख्या बुधबार रिपोर्ट गरिएका १ लाख ५२ हजार ५३६ भन्दा करिब २० हजारले बढी अर्थात् १ लाख ८६ हजार २४६ रहेको छ। ओसाका र फुकुओका प्रिफेक्चरहरूले पनि बिहीबार नयाँ दैनिक सङ्क्रमितको उच्च रेकर्ड बनाएका छन्।

कोरोनाको अत्यधिक सर्न सक्ने क्षमता रहेको मानिएको बीए–५ ओमिक्रोन उप–प्रजातीले सङ्क्रमण दरलाई उच्च बनाएको हो।
सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर मात्रा प्राप्त गर्न र अन्य एन्टिभाइरल उपायहरू अपनाउन आग्रह गरेका छन्।

मन्त्रीपरिषद्का मुख्य सचिव तथा प्रवक्ता हिरोकाजु मात्सुनोले पछिल्लो सङ्क्रमण दर वृद्धिपछि भने, चिकित्सा प्रणालीमा अधिकतम सावधानीपूर्वक प्रभाव हेर्नु आवश्यक छ। तथापि, नियमित गतिविधिमा लगाइने प्रतिबन्धले अर्थतन्त्रलाई प्रभाव पार्ने हुँदा अहिलेको अवस्थामा नियन्त्रणका लागि कुनै प्रतिबन्ध लगाउने सम्भावना छैन।

प्रकाशित: Jul 22, 2022| 05:51 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।