आइतबार, कात्तिक ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिमले पारित गर्‍यो शिक्षण प्रतिष्ठान ऐन संशोधन विधेयक

सुदूरपश्चिमले पारित गर्‍यो शिक्षण प्रतिष्ठान ऐन संशोधन विधेयक

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९
Kumaribank
Metro Mart

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

बैठकमा आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। यसअघि उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य लालबहादुर खड्का, श्यामलाल रानाथारु र हर्कबहादुर कुवँरले भाग लिएका थिए।  

बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको थियो। छलफलमा भरतबहादुर खड्का, महेशदत्त जोशी र सुशीला बुढाथोकीले भाग लिएका थिए।

प्रकाशित: Jul 21, 2022| 23:05 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।