सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मोरङमा डुबेर दुई बालबालिकाको मृत्यु

मोरङमा डुबेर बिहीबार दुई बालबालिकाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ सगरमाथा चोकमा पैनीले बगाएर १९ महिने बालिकाको मृत्यु भएको छ।
 |  बिहीबार, साउन ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

विराटनगर– मोरङमा डुबेर बिहीबार दुई बालबालिकाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ सगरमाथा चोकमा पैनीले बगाएर १९ महिने बालिकाको मृत्यु भएको छ। 

triton college

तेह्रथुमको छथर गाउँपालिका–३ घर भई पथरीशनिश्चरे–९ मा कोठा भाडामा लिएर बस्दै आएका कुमार लिम्बूकी छोरी स्नेहाको शव पैनीले बगाउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पैनीबाट बाहिर निकाल्दा नाबालिकाको मृत्यु भइसकेको थियो। खेल्दै जाँदा खसेपछि बालिकालाई पैनीले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

उता जहदा गाउँपालिका–७ मा खहरे खोलामा डुबेर दिउँसो एक बालकको मृत्यु भएको छ। घरनजिकै रहेको खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर जहदा–७ का अशोक मण्डलका ११ वर्षीय छोरा तरुण मण्डलको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए। 

पौडी खेल्नलाई खोला पसेका तरुण दिउँसो २ः३० बजेतिर खोलामा डुबेको अवस्थामा फेला परेका थिए। डुबिरहेको देखेपछि स्थानीयले खोलाबाट बाहिर निकालेको प्रहरीले बताएको छ। बाहिर निकाल्दा बालकको मृत्यु भइसकेको डीएसपी राजन कार्कीले बताए।

प्रकाशित: Jul 21, 2022| 17:41 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।