बिहीबार, असार ३२, २०८३

हाजार्डसँग चेल्सीको पाँच बर्षे नयाँ सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बेल्जियम- बेल्जियमका स्टार खेलाडी हाजार्डसँग चेल्सीले पाँच बर्षको नयाँ सम्झौताको प्रस्ताव पेश गरेको छ। 

हाजार्डसँग चेल्सीले पाँच बर्ष सम्म हप्ताको ३ सय हजार पाउण्डको प्रस्ताव पेश गरेको हो। तर, अहिले सम्म यस प्रस्तावमा सहमत भए नभएको खुलेको छैन्।  छ बर्ष पहिले स्टमफोर्ड ब्रिजमा भित्रिय पछि उनी क्लबका प्रमुख खेलाडी बन्दै आएका छन्।
 
उनी यस सिजन चेल्सीबाट टाढा जानसक्ने अनुमान गरिएको थियो । उनी यस सिजन रियल मड्रिड जानसक्ने अन्तराष्ट्रिय सञ्चार माध्यममा धेरै चर्चा चलेको थियो।

खासमा उनी रियलका पुर्व स्टार खेलाडी क्रिस्टीयानो रोनाल्डोको स्थानमा जान सक्ने अनुमान गरिएको थियो। रोनाल्डो यसै सिजन रियलबाट युभेन्ट्स पुगेका थिए। हाजार्ड कयौ पटक हस्ताक्षर नजिक पुगेको समेत खुलेको थियो। 

तर, हाल उनले घोषणा गरेका छन् की उनी यो बर्ष चेल्सी बाहिर जाने छैनन्। उनले भने, ‘हाल म खुशी छु । म सँग चेल्सीसँगको दुई बर्षको समझौता अझै बाँकी छ। उनले थपे, ‘यो बर्ष म क्लब छोड्ने छैन् । तर एक वा दुई बर्षमा के हुन्छ थाहा छैन्।’

हाजार्डले चेल्सीलाई दुई पटक प्रिमियर लिग, एक पटक एफए कप, फुटबल लिग कप र युइएफए युरोपियन लिग उपाधि जिताएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।