आइतबार, कात्तिक ९, २०८२

सुदूरपश्‍चिममा बजेट खर्च झण्डै ६६ प्रतिशत

आर्थिक मामिला मन्त्रालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खर्च रकममध्ये चालुतर्फ रु नौ अर्ब एक करोड ६४ लाख ४० हजार (७१ दशमलव ७१ प्रतिशत) र पुँजीगततर्फ रु ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार (६४ दशमलव २३ प्रतिशत) रहेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

धनगढी-  सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ।

Kumaribank

आर्थिक मामिला मन्त्रालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खर्च रकममध्ये चालुतर्फ रु नौ अर्ब एक करोड ६४ लाख ४० हजार (७१ दशमलव ७१ प्रतिशत) र पुँजीगततर्फ रु ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार (६४ दशमलव २३ प्रतिशत) रहेको छ। 

गत आर्थिक वर्षको ११ महिनामा कूल बजेटको ४० दशमलव ४४ प्रतिशत खर्च हुनसकेको बजेट वर्षको अन्तिम महिना असारमा मात्रै २६ दशमलव ३१ प्रतिशत खर्च भएको थियो। आव २०७८/७९ मा प्रदेश सरकारको विनियोजित बजेट रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको थियो। 

योमध्ये चालुतर्फ रु १२ अर्ब ३८ करोड ५४ लाख तीन हजार, पुँजीगततर्फ रु १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ३० करोड विनियोजन गरिएको थियो। पत्रकार सम्मलेनमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले चालु आवको बजेट तयार गर्दा केही प्राविधिक कमी कमजोरीबाहेक कुनै गलत काम नभएको जिकिर गरे। 

प्रदेश सरकारले वित्तीय अनुशासन कायम नगरी विचौलियाको प्रभावमा परेर बजेट ल्याएको, बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको योजनाको बाँडफाँट असमान ढंगले भएकोजस्ता गुनासो प्रदेश सदस्यले उठाएपछि सरकारलाई बजेट पारित गर्न सकस भएको थियो। प्रतिपक्षीसँग लिखित सहमतिपछि असार २९ गते मात्र बजेट पारित भएको थियो।

Metro Mart

प्रकाशित: Jul 20, 2022| 21:25 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।