मंगलबार, पुस १, २०८२

मधेसमा वर्षाले राहत

उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहितका मधेसमा राहत मिलेको छ। करिब तीन सातापछि आज दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

जनकपुर- उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहितका मधेसमा राहत मिलेको छ। करिब तीन सातापछि आज दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन्।

National life

पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा बुधबार वर्षाले अब खेती गर्न पाइने आश जागेको छ। महोत्तरीमा १५ असारयता आज पानी परेको हो।

'धान अब के होला भनेर आश मारेका थियौँ, आजको वर्षाले फेरि आश जगायो,' बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताले भने, 'अब केही दिन पानीले साथ दिए रोपाइँ सकिन्छ र रोपो पनि फिर्छ।' आजकै वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको महोत्तरीका किसानको भनाइ छ। केही बेरकै भए पनि आजको वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ।

आजको वर्षाले चर्को घामको रापबाट राहत भएको छ। लगातारको प्रचण्ड रापले चरण क्षेत्रमा सुकेका घाँस अब पलाउने र गाईबस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन्। 

यसैबीच मौसमविद्ले अब दुई/तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन्। महोत्तरीमा हालसम्म पानीको अभावले धान रोपाइँ गतिमा बढ्न सकेको छैन।

Laxmi sunrise bank
kumari

कूल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म ४५ प्रतिशतमात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ। जिल्लामा कूल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ।

प्रकाशित: Jul 20, 2022| 21:00 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।