सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • प्रधानमन्त्रीको निर्णय : बुलेटप्रुफ बेचेर विद्यार्थी पढाउने, सरकारी निवासलाई विश्वविद्यालय बनाउने

प्रधानमन्त्रीको निर्णय : बुलेटप्रुफ बेचेर विद्यार्थी पढाउने, सरकारी निवासलाई विश्वविद्यालय बनाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इस्लामावाद- पाकिस्तानी प्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख पूर्वक्रिकेटर इमरान खानले पदीय हैसियतबाट प्राप्त हुने सबै सुख सुविधालाई अप्रत्यासित रूपमा त्याग्दै कल्याणकारी योजना सार्वजनिक गरेका छन्।

खानले सरकारी खर्च नियन्त्रण गर्ने, भ्रष्टाचार निर्मुल गर्ने र शिक्षामा लगानी गर्ने लोकप्रिय निर्णयसमेत सार्वजनिक गरेका छन्। उनले निर्वाचनकै समयमा भ्रष्टाचार निर्मुल गर्दै सरकारी फजुल खर्चलाई कटौती गर्ने वाचा गरेका थिए।

गत २५ जुलाइमा भएको निर्वाचनमा एक सय ७६ सिट जितेर सबैभन्दा ठूलो दलका रूपमा उनको इन्साफ पार्टी चिनिएको थियो। शनिबार मात्र प्रधानमन्त्रीको रूपमा सपथ लिएका इमरानले सोमबार अति सुविधासम्पन्न, विलासी मानिएको प्रधानमन्त्री निवास त्याग्दै तीन वटा बेडरुम भएको सामान्य घरमा सरेका छन्। 

गरिबको जनताबाट उठाइएको करले मासिक १२ लाख रुपैयाँ खर्च गरी पानीले गाडी धुने र करोडौ रुपैयाँ चियापानमा नाममा मासिक हुने खर्चमा समेत उनले बन्देज लगाएका छन्। 

६५ वर्षीय पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्रीका सहयोगीहरू पाँच सय २४ बाट घटाएर दुर्इ जना राखेका छन्। प्रधानमन्त्रीको सवारीका लागि व्यवस्था गरिएका ३३ वटा थप बुलेटप्रुफ कारसहित ८० गाडी बिक्री गर्दै त्यसबाट प्राप्त रकले दुर्इ करोड गरिब विद्यार्थीलाई पुनः स्कुल भर्ना कार्यक्रममा खर्च गर्ने महत्वाकांक्षी योजना घोषणा गरेका छन्। 

इमरानले प्रधानमन्त्रीको अतिरिक्त हेलिकोप्टर बिक्री गर्दै सो रकम मातृशिशु मृत्युदर घटाउने योजनामा खर्च गरिने बताएका छन्। उनले आफ्नो सुरक्षाका लागि खटाइएका सैनिकको संख्यामा कटौती गरेका छन्। उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार मात्र लगेर पाकिस्तानी जनता र विश्वलाई नै चकित तुल्याएका छन्। 

उनले सबै जनतालाई सेवामा खट्न निर्देशन दिँदै आफू पनि बानागालास्थित आफ्नै घरमा बस्न थालेका हुन्। प्रधानमन्त्रीका लागि ३३ वटा बुलेटप्रुफ कार बिक्रीपछि प्रधानमन्त्री खान दुर्इ वटा मात्र सवारी प्रयोग गर्ने भएका छन्। 
खानले अतिरिक्त सरकारी खर्च कटौतीका लागि डा. इस्रत हसनीको नेतृत्वमा समिति बनाउने घोषणा गरिसकेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।