धनगढी- महाकाली, सेती र कर्णाली नदीमा पानीको वहाव बढ्ने पूर्वानुमान गरिएको छ।
प्रदेशमा भारी वर्षा जारी रहेसँगै सुदूरपश्चिमका ठूला नदीमा पानीको वहाव बढ्ने पूर्वानुमान गरिएको हो। यसका साथै अन्य साना नदीमा वहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले प्रदेशका ९ ओटै जिल्ला आसपास भइ बग्ने नदीहरूको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ।