सोमबार, जेठ ४, २०८३

पहिरोले डुम्रे-बेँसीसहर सडकखण्ड पुन: अवरुद्ध

गएरातिदेखि निरन्तर वर्षाका कारण आएको बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड बन्द भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक बन्द भएको हो।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

लमजुङ- गएरातिदेखि निरन्तर वर्षाका कारण आएको बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड बन्द भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक बन्द भएको हो।

National life

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। 

उनले भने, ‘अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गएरातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ।’

आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक बन्दले मारमा परेका छन्।

गएरातिदेखि हालसम्म पानी निरन्तर परिरहेको छ। लेदोसमेत बगिरहेको छ। पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ। यस सडकको दूरी ४२ किलोमिटर छ।

प्रकाशित: Jul 20, 2022| 08:54 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।