सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम?

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम?

हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भूभागमा सरदरको आसपास अवस्थित रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भूभागमा सरदरको आसपास अवस्थित रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ।

National life

यस्तै आज देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।

बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभागका धेरै स्थानहरूमा र अन्य भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभागका धेरै स्थानहरूमा र अन्य भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Jul 20, 2022| 06:15 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।