बुधबार, फागुन २०, २०८२

साइप्रसका राष्ट्रपतिलाई कोरोना संक्रमण

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेसलाई कोरोना सङ्क्रमण भएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

निकोज्या- साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेसलाई कोरोना सङ्क्रमण भएको छ। सरकारका प्रवक्ता मारियोस पेलेकानोसले मङ्गलबार राष्ट्रपति सङ्क्रमित भएको पुष्टि गरेका हुन्। 

नियमित स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएको उनले जानकारी दिए। ७५ वर्षीय राष्ट्रपतिलाई सङ्क्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता पेलेकानोसको भनाइ छ। 

निकोसले कोरोना भाइरससम्बन्धी मापदण्ड पालना गरिरहेको र केही समय बाहिर ननिस्कने पनि प्रवक्ता पेलेकानोसले स्पष्ट पारे। 

साइप्रसमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ भने धेरैले चिन्ता व्यक्त गर्न थालेका छन्। 

महामारी थप फैलिन नदिन स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन सरकारले आग्रह गर्दै आएको छ। -सिन्ह्वा

kumari

प्रकाशित: Jul 19, 2022| 21:38 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।