शुक्रबार, मंसिर २२, २०८०

झापामा झ्याप्प-झ्याप्प जान्छ बिजुली

विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन्।
 |  मंगलबार, साउन ३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

झापा- विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन्। जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ। 

sagarmatha cement

मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताए। 'बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने पनि भोल्टेज हुँदैन', उनले भने, 'महँगी बढेको बढ्यै छ, आम्दानी नभएपछि बिहान बेलुका छाक टार्न समस्या भइसक्यो।' 

अटो रिक्सा चलाएर पाँच जनाको परिवारको जीविकोपार्जन गर्दै आएका श्रेष्ठले सरकारले विद्युत् आपूर्ति नियमित नगरे भोकै बस्नुपर्ने स्थिति सिर्जना हुने बताए। विगतमा दैनिक सात घण्टा काम गरेर तीन हजार आम्दानी गर्दै आएका उनले हाल सात÷आठ सयमा चित्त बुझाउनुपरेको बताए।  

श्रमिक, साना, ठूला उद्योग र आमसर्वसाधारण नियमित विद्युत् नहुँदा आमउपभोक्ता समस्यामा परेका छन्। एक हप्तादेखि अत्यधिक गर्मी बढ्नु र विद्युत् आपूर्ति ठप्प हुँदा उपभोक्ता मारमा परेका छन्। आज बिहान नेपाल विद्युत् प्राधिकरणको धुलाबारी वितरण केन्द्रमा विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै नेकपा (एमाले) ले वितरण केन्द्र घेराउसहित मागपत्र बुझाएको छ। 

एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताको नेतृत्व गर्दै प्राधिकरणमा मागपत्र बुझाएका हुन्। उनले मागपत्रमा छिनछिनमा विद्युत् आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको बताए।

worldlink

प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिलकुमार महतोले आगामी दुई दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। उनले गर्मी याममा सिँचाइ, पङ्खा, फ्रिज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको जानकारी दिए। 

एमालेका नगर अध्यक्ष राजु कार्कीले प्रतिबद्धताअनुरूप दुई दिनभित्र विद्युत् आपूर्ति नियमित हुन नसके प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी दिए।


प्रकाशित: Jul 19, 2022| 21:04 मंगलबार, साउन ३, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।