बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • घाँस लिएर फर्केका दुई महिलामाथि खुकुरी प्रहार, पसलमा बसेका वीरा पनि घाइते

घाँस लिएर फर्केका दुई महिलामाथि खुकुरी प्रहार, पसलमा बसेका वीरा पनि घाइते

कञ्चनपुरमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन्। जिल्लाको पुनर्वासमा नगरपालिकामा खुकुरी प्रहारबाट तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

धनगढी- कञ्चनपुरमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन्। जिल्लाको पुनर्वासमा नगरपालिकामा खुकुरी प्रहारबाट तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

National life

मोतीबस्तीका टेकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा पुनर्वास नगरपालिकाका-२, अमरैयाका ४७ वर्षीय वीरासिंह राना, ३८ वर्षीया मधु महता र ४५ वर्षीया धनसरा रावत घाइते भएका हुन्। मधुको अवस्था गम्भीर रहेको बीएम पोलिक्लिनिकका डा सागर केसीले जानकारी दिए। 

वीरासिंह र धनसराको बिएम पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर मधुलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउने तयारी भइरहेको डाक्टर सागर केसीले बताए। मधु महताको टाउको र छातीमा गहिरो चोट लागेको छ। 

पसलमा बसिरहेको अवस्थामा बिना कारण एक्कासी आएर अन्धाधुन्ध खुकुरी प्रहार गरेको घाइते वीरासिंह रानाकी पत्नी हरदसो रानाले बताइन्। वीराको टाउकोमा गहिरो चोट लागेको छ। धनसरा र मधु घाँस लिएर आउँदै गर्दा उनीहरूमाथि आक्रमण भएको थियो। 

खुकुरी प्रहार गर्ने सार्कीलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका वरिष्ठ प्रहरी नायव निरीक्षक गोपाल बोहराले जानकारी दिए। खुकुरी हान्ने टेक बहादुर मानसिक रोगी भएको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाएको छ। यद्यपि मानसिक रोगी भए/नभएकोबारे मेडिकल रिपोर्टपछि मात्र भन्न सकिने प्रहरीको भनाइ छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 19, 2022| 19:20 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।