आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • जसले भोट बराबर बोट लगाए : हजारको धौधौदेखि लाखौंको कारोबारसम्म

जसले भोट बराबर बोट लगाए : हजारको धौधौदेखि लाखौंको कारोबारसम्म

'निर्वाचनमा प्रतिबद्धता गरेको थिएँ, नगर प्रमुखले पाएको भोट बराबरको बिरुवा रोप्छु भनेर,’ प्रेमराज भट्टले भने, ‘मेयरले पाएको भोट बराबर बोट लगाएँ।’
 |  मंगलबार, साउन ३, २०७९

भीम चौधरी

भीम चौधरी

मंगलबार, साउन ३, २०७९

धनगढी- कैलालीको गोदावरी नगरपालिका निवासी प्रेमराज भट्टले भोट बराबर बोट लगाएका छन्। स्थानीय तहको निर्वाचनअघि गोदावरी नगरपालिकाको मेयरले पाएको भोट बराबर बोट रोप्ने प्रतिबद्धता गरेका प्रेमराज भट्टले प्रतिबद्धता पूरा गरेका हुन्। 

triton college

अघिल्लो निर्वाचनमा मेयर र उपमेयरमा एमालेले जित हासिल गरेको गोदावरी नगरपालिकामा गठबन्धनबाट उठेका नेपाली कांग्रेसका वीरेन्द्र भट्टले जित हासिल गरेका थिए। उनले १५ हजार ५०१ मत ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेस जिल्ला समिति कैलालीका सदस्य प्रेमराज भट्टले मेयरले पाएको मत बराबर बोट रोपेर प्रतिबद्धता पूरा गरेका हुन्। 

युवा व्यवसायी भट्टले नगरपालिकाभित्रका मन्दिर र विद्यालयमा तीन हजार रुद्राक्ष, रक्तचन्दन, गुलमरका ३ हजार बिरुवा रोपेका छन्। 'निर्वाचनमा प्रतिबद्धता गरेको थिएँ, नगर प्रमुखले पाएको भोट बराबरको बिरुवा रोप्छु भनेर,’ प्रेमराज भट्टले भने, ‘मेयरले पाएको भोट बराबर बोट लगाएँ।’ सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको गोदावरी नगरपालिकामा १२ वडा छन्। उनले सबै वडामा आँप, लिची, कागती, अम्बा, अमला, बेल, कपुर गरेर १२ हजार ५०१ बिरुवा व्यक्तिगत खर्चमा लगाएका हुन्। 

कृषि कर्ममा सफल मानिएका भट्ट पछिल्लो समय व्यवसायलाई भन्दा राजनीतिलाई बढी महत्त्व दिएर अगाडि बढेका छन्। ‘स्थानीय चुनावदेखि हालसम्म राजनीतिमा लागेँ। व्यापार व्यवसाय अस्तव्यस्त भयो,’ प्रेमराजले भने, ‘व्यवसाय सबै श्रीमती र परिवारको जिम्मा लगाएर अहिले पूर्ण रूपमा राजनीतिमा लागेको छु। राजनीतिमा लाग्दा व्यापार/व्यवसायलाई समय दिन कहाँ सकिँदो रहेछ र!’

corrent noodles
Metro Mart
हजारको धौधौ सम्झिएर लाखौँमा खेल्छन्
कक्षा ९ उत्तीर्णपछि थप अध्ययनका लागि कैलाली झरेका प्रेम गोदावरी नगरपालिका-४, बसन्तपुरस्थित दिदीको घरमा बसेर अध्ययनलाई अगाडि बढाए। 

एसएलसी उत्तीर्ण भएपछि कृषि जेटीए अध्ययन गरे। पढाइ अगाडि बढिरहेको थियो। उनलाई आर्थिक समस्याले गाँज्न थाल्यो। उनले पढाइलाई निरन्तरता दिँदै केही आर्थिक आयआर्जनका लागि व्यवसायको योजना बनाए। कम लगानीमा आम्दानी गर्न सकिन्छ भनेर कृषि पेसा रोजे। तर उनीसँग सानो लगानीमा गर्न सक्ने कृषि पेसाका लागि पनि पैसा थिएन। आर्थिक अवस्था कमजोर परिवारका उनलाई त्यही एक हजार जुटाउन पनि सानो श्रम परेन। जसोतसो एक हजार रुपैयाँको जोहो गरे। त्यही पैसाबाट च्याउको बीउ खरिद गरे। आफू बस्ने कोठामा च्याउ उमारेर बजारमा लगे। अनी शुरु भयो च्याउखेती यात्रा। 

कुनै पनि व्यवसाय गर्न ठूलो पुँजी चाहिन्छ भन्ने जरुरी छैन। सानो लगानीबाटै धेरै आम्दानी गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन कैलालीको गोदावरी नगरपालिकामा बसोबास गर्दै आएका प्रेम। थोरै समयमा कृषि कर्ममा अब्बल किसानको पहिचान बनाउन सफल प्रेमराज भट्ट अहिले करोडौँको कारोबार गरिरहेका छन्।

'निर्वाचनमा प्रतिबद्धता गरेको थिएँ, नगर प्रमुखले पाएको भोट बराबरको बिरुवा रोप्छु भनेर,’ प्रेमराज भट्टले भने, ‘मेयरले पाएको भोट बराबर बोट लगाएँ।’

२०६८ सालमा पहिलो पटक च्याउ खेतीबाट कृषि पेसामा प्रवेश गरेका प्रेमराज भट्ट छोटो समयमै कुरिलो खेती, कुखुरापालन, माछापालनसम्म व्यवसायलाई विस्तार गरेका छन्। 

भट्टले अहिले ६ बिघा क्षेत्रफलमा कुरिलो खेती, एक बिघामा माछापालन र १० हजारभन्दा बढी कुखुरापालन समेत गरिरहेका छन्। 'मलाई श्रीमती कृष्णा भट्टले सहयोग गर्दै आएकी छिन्,' प्रेमराज भट्टले भने, 'उनको साथले मलाई प्रगति निरन्तर सहयोग गरिरेहको छ।' 

प्रकाशित: Jul 19, 2022| 18:27 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्