आइतबार, कात्तिक ९, २०८२

गड्डाचौकीमा स्वास्थ्य सहायता कक्ष स्थापना

सरकारसित समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षसँगै गड्डाचौकीमा रहेको आइसोलेसन केन्द्रमा खानेपानी तथा सरसफाइ संरक्षणसम्बन्धी सेवाका लागि निर्माण गरिएका संरचनाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र युरोपेली युनियनका राजदूत नोना डेप्पे्रेजले संयुक्तरूपमा उद्घाटन गरेका छन्।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९
Kumaribank
Metro Mart

महेन्द्रनगर- कञ्‍चनपुरको गड्डाचौकी नाकामा सोमबार युरोपेली आयोगको आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ। सरकारसित समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षसँगै गड्डाचौकीमा रहेको आइसोलेसन केन्द्रमा खानेपानी तथा सरसफाइ संरक्षणसम्बन्धी सेवाका लागि निर्माण गरिएका संरचनाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र युरोपेली युनियनका राजदूत नोना डेप्पे्रेजले संयुक्तरूपमा उद्घाटन गरेका छन्।

स्वास्थ्य सहायता कक्षमा स्तनपान कक्ष, शौचालयलगायतका संरचना बन्नुका साथै विभिन्न जनचेतनामुलक सामग्री राखिएका छन्। आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय अन्र्तराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको स्वास्थ्य सहायता कक्षमा निर्माणमा सहजीकरण नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले गरेको थियो। 

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोकविक्रम जैरुले कोभिड–१९ विरुद्ध द्रुत प्रतिकार्य र पूर्वतयारीका निम्ति आइसोलेशन केन्द्र र सीमा नाकामा सबलीलकरणमार्फत प्रभावकारी केस व्यवस्थापन परियोजनाअन्र्तगत स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए। 

प्रकाशित: Jul 18, 2022| 22:50 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।