बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • तिलोत्तमाको नगरसभा फेरि स्थगित, डीएसपीलाई कारबाही गर्न एमालेको माग

तिलोत्तमाको नगरसभा फेरि स्थगित, डीएसपीलाई कारबाही गर्न एमालेको माग

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बिवादास्पद भुमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई समेत कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ। त्यस्तै युवा संघले नगरपालिका घेराउ गर्दै विरोधमा उत्रेको छ।
 |  सोमबार, साउन २, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, साउन २, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरसभाका क्रममा वडाध्यक्षलाई पोखरीमा धकेलेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई कारवाही गर्न माग गरेको छ। नेकपा एमाले रुपन्देहीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै डीएसपीमाथि कारबाही गर्न माग गरेको हो।

triton college

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बिवादास्पद भुमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई समेत कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ। त्यस्तै युवा संघले नगरपालिका घेराउ गर्दै विरोधमा उत्रेको छ।  

आइतबार नगरप्रमुख रामकृष्ण खाँणले नगरसभा गणपुरक संख्या नपुगेको भन्दै स्थगित गरेपछि एमालेका जनप्रतिनिधिले नाराबाजी सहित विरोध गरेका थिए। त्यसक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई घेराबन्दी गरेपछि उद्धारका क्रममा इप्रका बुटवलका डीएसपी केसीले तिलोत्तमा वडा न. ४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा हुत्याइदिएर खसालेका थिए। एमालेका जनप्रतिनिधिले मेयर खाँणले गृहमन्त्री समेत रहेका दाजु बालकृष्ण खाँणको आडमा प्रहरी बोलाएर धरपकड गरेको आरोप लगाएको छ।

नेपाली कांग्रेसले भने एमालेले सबै निर्णयहरु बहुमतका नाममा आफुलेमात्र गरेको हुनुपर्ने एमाले अडानका कारण विवाद भएको आरोप लगाएको छ। उपमेयरको संयोजकत्वमा रहेको न्यायिक समिति सर्वपक्षिय बनाउनु पर्ने प्रस्तावलाई उपमेयर जागेश्वरी चौधरीले अस्विकार गरेपछि विवाद भएको बताएको छ।

प्रमुख प्रशासकीयलाई बचाउन खोज्दा घटना भयो : प्रशासन

corrent noodles
Metro Mart

वडाध्यक्षलाई पोखरीमा चोबलेको भन्दै डीएसपी केसीलाई कारबाहीको माग गर्दै चौतर्फी आलोचना भए पनि प्रशासनले भने बचाउ गरेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले नगरसभामा असमान्य अवस्था सिर्जना भएपछि प्रहरीले माहोल साम्य पार्न गएको बताए। उनले वडाध्यक्षमाथि कुटपिट नभएको तर लडेको बताउँदै घटनाका विषयमा प्रशासनको ध्यानआर्कषण भएको बताए।

‘हामीलाई एमालेका तर्फबाट ज्ञापनपत्र पनि आएको छ, घटनाप्रति हाम्रो ध्यानार्कषण भएको छ, छानबिन गर्छौं,’ उनले भने। यता रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले भने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई रेस्क्यू गर्नेक्रममा वडाध्यक्षसहितको टिम प्रहरीमाथि नै खनिन थाल्दा घटना भएको बताए। ‘प्रमुख प्रशासकीयलाई जोगाउन खोज्दा वडाध्यक्ष पोखरीमा पर्नुभएको हो,’ एसपी रेग्मीले भने। उनले प्रहरीले बल प्रयोग नगरेको बताउँदै तत्‍कालीन स्थिति नियन्त्रण गर्न खोज्दा दुर्घटना भएको बताए। उनले घटनाका बारेमा आवाज उठेकाले यसबारे छानबिन हुने बताए।

नगरसभा फेरि स्थगित

तिलोत्तमा नगरपालिकाको नगरसभा फेरि स्थगित भएको छ। आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार बोलाइएको १२ औं अधिवेशनको पाँचौं बैठक पनि स्थगित भएको हो। बजेट पारित गर्नका लागि आह्वान गरिएको बैठक स्थगित भएको यो तेस्रो पटक हो। नगर प्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेपछि एमाले आक्रोशित बनेको छ। 

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटबाहेकको अन्य ऐजेन्डा राख्‍न माग गरेपछि विवाद चर्किएको थियो।  

नेकपा एमालेकोतर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाउँदै नगरका प्रमुख प्रशासकीय अधिकृतको शैली आपत्तिजनक भएको भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरेका छन्। उपप्रमुख जागेश्वरीदेवी चौधरीले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालनीको कार्यकक्षमा ताला लगाउँदै राजीनामा समेत माग गरेका छन्। सोमबार दिउसो १ बजेका लागि बोलाइएको नगरसभा बैठक पनि एक सूचना जारी गर्दै स्थगित भएको हो।


प्रकाशित: Jul 18, 2022| 20:15 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।