आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • डाक्टर-इन्जिनियरलाई मुख्यमन्त्रीको अनुरोध– विदेश नगइदिनुस्

डाक्टर-इन्जिनियरलाई मुख्यमन्त्रीको अनुरोध– विदेश नगइदिनुस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली चिकित्सक तथा इन्जिनियरहरुलाई विदेश नजान आग्रह गरेका छन्। स्वदेशमा अध्ययन सकेर विदेश जाने प्रचलन बढिरहेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन्।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली चिकित्सक तथा इन्जिनियरहरुलाई विदेश नजान आग्रह गरेका छन्। स्वदेशमा अध्ययन सकेर विदेश जाने प्रचलन बढिरहेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन्।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा रहेको संस्था करुणा च्यारिटेबल फाउन्डेसनद्वारा आयोजित करुणा फेस्ट २०२२ को समापन समारोहका अवसरमा मुख्यमन्त्रीले सो आग्रह गर्दै स्वदेशमै काम गर्न अनुरोध गरेका हुन्।

उनले भने, “दक्ष प्राविधिकहरुले स्वदेशमै काम पाउँछन्। त्यसैले आफ्नो पसिना विदेशमा होइन स्वदेशमै बगाउन र आफूले सिकेको सिप स्वदेशमै लगाउन आग्रह गर्छु। हामीले जति उत्पादन गर्छौं, धमाधम विदेश गइरहेका छन्, त्यसो गर्नु भएन। तपाईंहरुको स्वदेशमा खाँचो छ। विदेशमा रहेका चिकित्सक, इन्जिनियर पनि फर्केर आउनुहोस्।”

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले मेडिकल कलेज यस क्षेत्रकै शैक्षिक गहनाका रुपमा रहेको बताउँदै करुणा च्यारिटेबल संस्थाले अस्पतालमा उपचारका लागि आउने असहाय र दिनदुःखीको सेवामा ध्यान दिई करुणाको काम गर्नु सराहनीय रहेको बताए।

अस्पतालका अध्यक्ष रमेश शर्माले करुणा संस्थाले उदाहरणीय काम गरेको बताउँदै अस्पतालले गुणस्तरीय सेवा र ग्रामीण क्षेत्रका बिरामीहरुका लागि ग्रामीण तहमै गएर स्वास्थ्य शिविर राख्दै आएको बताए। करुणा फेस्टमा विभिन्न खेलकुद, प्राज्ञिक प्रतियोगिता, फुड फेस्टिबल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो। 

kumari


प्रकाशित: Jul 18, 2022| 20:11 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।