सोमबार, जेठ ४, २०८३

चाबहिलबाट लागू औषध हेरोइनसहित विदेशी पक्राउ

चाबहिलको मार्गस्थित द माइलस्टोन होटेलको कोठा नं ६०१ बाट चार किलो अवैध लागूऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेचलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका-२६ चाबहिलको मार्गस्थित द माइलस्टोन होटेलको कोठा नं ६०१ बाट चार किलो अवैध लागूऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेचलाई प्रहरीले पक्राउ गरेको छ।

National life

उनीसँग उक्त पदार्थ लिन आएको अवस्थामा बा२ज ५६५५ नंको ट्याक्सी चालक नुवाकोट तादी गाउँपालिका-५ का ५० वर्षीय सुकेश तामाङलाई सोही होटेल नजिकको सडकबाट तथा सुकेशलाई उक्त पदार्थ लिन पठाउने भारत दिल्लीका ३२ वर्षीय ज्योथाङ्गीलाई तिलगङ्गाबाट पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।  

यसैगरी भक्तपुर बस्ने ताप्लेजुङका राजकुमार तामाङ र सुशीला तामाङलाई ८ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, १ थान डिजिटल तराजु र नगद ६५ हजार ५०० सहित पक्राउ गरिएको ब्यूरोले आइतबार एक सूचना जारी गरी जनाएको छ।

सबै जनालाई लागूऔषध मुद्दामा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ।

प्रकाशित: Jul 18, 2022| 07:03 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।