आइतबार, असोज २५, २०८३

'लाइभ म्युजिक इभेन्ट' लिएर आउँदैछन् गायक चापागाईं

आर्टमान्डुको आयोजना तथा पीआरभी इन्टरटेन्मेन्टको सहकार्यमा आउँदो शनिबार ललितपुरको पाटन संग्राहलयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- गायक सुजन चापागाईंको एकल लाइभ म्युजिकल इभेन्ट हुने भएको छ। आर्टमान्डुको आयोजना तथा पीआरभी इन्टरटेन्मेन्टको सहकार्यमा आउँदो शनिबार ललितपुरको पाटन संग्राहलयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्। 

'तीनपाते', 'बाफ' र 'घुमीघुमी'जस्ता गीतबाट लोकप्रिय बनेका सुजनको यो पहिलो लाइभ म्युजिक इभेन्ट हो। शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनले लाइभ प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ। 

सुजनले झलकमान गन्धर्वका दुई वटा गीत पनि गाउनेछन्। गायिकाद्वय शान्तिश्री परियार र विद्या तिवारीले साथ दिने सांगीतिक शोमा १३ जना वाद्यवादक रहनेछन्।

कोभिड सुरु भएयता लाइभ म्युजिक इभेन्ट पातलिएका थिए। ‘अब त्यो माहोललाई पुनःजागृत गर्न गुणस्तरीय सांगीतिक कार्यक्रम आयोजना गरेका हौं,’ आयोजक नवीन चौहान भन्छन्।  

गुणस्तरीय म्युजिकल फिल्महरू निर्माण गर्ने आर्टमान्डु टिममार्फत् हालै मात्र ‘चोरको स्वर’ नाटक मञ्चन भएको थियो। लिम्बू जातिको विवाह परम्परामा आधारित नाटक ३६ दिनसम्म चलेको थियो।

प्रकाशित: Jul 17, 2022| 23:48 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।