बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय उपराष्ट्रपति निर्वाचन : पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षीको उम्मेदवार

भारतीय उपराष्ट्रपति निर्वाचन : पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षीको उम्मेदवार

भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा अगस्त ६ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षीको संयुक्त उम्मेदवार बनेका छन्। एनसीपी प्रमुख शरद पवारले भने, 'भारतको उपराष्ट्रपति पदका लागि विपक्षीको उम्मेदवार मार्गारेट अल्वा हुने निर्णय भएको छ।'
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

नयाँ दिल्ली- भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा अगस्त ६ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षीको संयुक्त उम्मेदवार बनेका छन्। एनसीपी प्रमुख शरद पवारले भने, 'भारतको उपराष्ट्रपति पदका लागि विपक्षीको उम्मेदवार मार्गारेट अल्वा हुने निर्णय भएको छ।'

भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले पश्चिम बंगालका गभर्नर जगदीप धनखर उपराष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार हुने कुरा बताएको एक दिनपछि उक्त घोषणा भएको हो। आइतबार एनसीपी प्रमुख शरद पवारको निवासमा आयोजित बैठकपछि विपक्षी नेताहरूले उनको नाम टुंगो लगाएका हुन्। 

बैठकमा कांग्रेस, टीएमसी, सीपीआईएम, आरजेडी, एसपीलगायत प्राय प्रमुख विपक्षी दल सहभागी थिए। उपराष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित अल्वाले यसअघि राजस्थानको राज्यपालको रूपमा सेवा गरेकी थिइन्। मार्गरेट अल्वालाई ४२ वर्षको उमेरमा केन्द्रीय मन्त्री बनाइएको थियो। अल्वाको जन्म सन् १९४२ मा मंगलौरमा भएको थियो। उनी पूर्व मद्रास प्रेसिडेन्सीको विभिन्न भागमा हुर्किएकी थिइन्। 

भारतीय निजामती सेवाका एक सदस्यकी छोरी विवाहपछि अल्वा परिवारमा जाडिएकी हुन्।  अल्वाले प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी र नरसिंह रावको अधीनमा रहेर धेरै जिम्मेवारी सम्हालेकी थिइन्। 

निर्वाचन आयोगले सन् २०२२ अगस्ट ६ मा भारतको १६ औं उपराष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम यस पहिले नै सार्वजनिक गरिसकेको छ। 

kumari

प्रकाशित: Jul 18, 2022| 06:00 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।