बुधबार, फागुन २०, २०८२

बाइडेन र साउदी राजकुमारबीच अफगान महिला अधिकारबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग अफगानी महिलाको अधिकारका बिषयमा छलफल गरेका छन्।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग अफगानी महिलाको अधिकारका बिषयमा छलफल गरेका छन्। आफ्नो पहिलो मध्य पूर्व यात्राको क्रममा साउदी अरबको भ्रमणमा रहँदा उनले साउदी राजमुमार बिन सलमानसँग अफगान महिलाको अधिकारबारे चासो देखाएका थिए। 

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरू अधिकार कटौती गरिएको भन्दै दुई नेताले अफगान जनताको अधिकार, विशेष गरी शिक्षाको लागि महिला तथा केटीहरूको अधिकारका साथै महिलाहरूका लागि काम गर्ने अधिकारलाई सम्बोधन गर्न र अफगान जनताको अधिकारलाई अघि बढाउन सहकार्य गनुपर्नेमा जोड दिएका हुन्। 

यी दुई पक्षले अफगानिस्तानको सुरक्षालाई सुदृढ पार्नुपर्ने र मानवीय सहायतालाई निरन्तर सहयोग जुटाउनुपर्नेमा पनि जोड दिएका छन्। अफगानिस्तानमा महिला तथा बालिकाको स्थितिले तालिबानद्वारा जानाजानी विभेदका नीतिहरू अपनाएको कारण प्रत्यक्ष रूपमा अधिकारको व्यवस्थित उल्लङ्घन गरेको छ। 

यसको उद्देश्य सार्वजनिक जीवनका सबै क्षेत्रबाट उनीहरूलाई पूर्णतया पछि पार्नु रहेको अफगानी महिला अधिकारकर्मीको भनाइ रहेको छ।


प्रकाशित: Jul 18, 2022| 05:30 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।