आइतबार, वैशाख १६, २०८१

दिल्ली फकाउने दाहाल प्रयास विफल!

सञ्‍चारकर्मीलाई उनले मोदीसँग भेट हुन नसकेकोमा 'टेन्सन' भएको बताइरहँदा उनको अनुहारमा भने मोदीले समय नदिएकोप्रति गुनासो झल्किन्थ्यो। उनले त्यसलाई कभर गर्न थपे, 'बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि 'क्लाइमेक्स' त्यही हो भन्‍ने ठानेको हुनसक्छ।'
 |  आइतबार, साउन १, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

आइतबार, साउन १, २०७९

काठमाडौं- तीनदिने भारत भ्रमण सकेर काठमाडौं ओर्लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमण सोचेभन्दा राम्रो र सफल भएको बताए। तर, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने इच्छा भए पनि हुन नसकेकोसमेत बताए। त्रिभुवन विमानस्थलमा सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले भने, 'एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्‍ने थियो। एक बज्‍न लागेपछि हतार गरेर निस्कियौं। होटल जाने क्रममा अहिले सम्भव भएन भन्‍ने आयो। किन हो भन्‍ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन। के कारण 'लास्ट आवर'मा भएन, मलाई पनि थाहा छैन। तर मलाई त्यसले केही टेन्सन भएको छैन। किनभने भन्‍नुपर्ने, गर्ने कुराहरु भारतको नेतृत्व, बीजेपीको नेतृत्वसँग पर्याप्त भएकाले भेट्ने र फोटो खिच्‍ने त हुन्थ्यो होला, त्यो भन्दा बढी त समय थिएन।'

triton college

सञ्‍चारकर्मीलाई उनले मोदीसँग भेट हुन नसकेकोमा 'टेन्सन' भएको बताइरहँदा उनको अनुहारमा भने मोदीले समय नदिएकोप्रति गुनासो झल्किन्थ्यो। उनले त्यसलाई कभर गर्न थपे, 'बीजेपीका अध्यक्षले बोलाएर  भारत गएको र उनलाई भेटेपछि 'क्लाइमेक्स' त्यही हो भन्‍ने ठानेको हुनसक्छ।'

उनले नरेन्द्र मोदीको व्यस्तताबारे पूर्ण जानकार रहेको भावमा थपे, 'भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्छ। शुक्रबार तीन दिने भारत भ्रमण सकेर आइतबार नेपाल फर्किनुअघि प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने तय भइसकेको तर अन्तिम समयमा रद्द भएको उनको दाबी छ। तर अन्तिममा मोदीले आफ्नो व्यस्तता देखाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट दिएनन्। 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उनको बिदाई गर्दै भनेका थिए, 'भारतीय जनता पार्टीको निमन्त्रणामा हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड तीन दिनको भारत भ्रमणका लागि नयाँ दिल्ली जानु भएको छ। यो सद्भावना भ्रमण हो। भ्रमणका क्रममा कमरेड प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलागायतका नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ।' 

प्रकाशित: Jul 17, 2022| 21:45 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...