सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रकमा दुई क्‍विन्टलभन्दा बढी गाँजा ल्याइरहेका तीन भारतीय पर्सामा पक्राउ

ट्रकमा दुई क्‍विन्टलभन्दा बढी गाँजा ल्याइरहेका तीन भारतीय पर्सामा पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्‍विन्टल ५० किलो प्रतिबद्ध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

National life

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्‍विन्टल ५० किलो प्रतिबद्ध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्‍ने क्याबिनमा लुकाइछिपाई राखेको अवस्थामा २५ पोका (जम्मा दुई क्विन्टल ५० किलो) गाँजा बरामद गरेको गरिएको प्रहरी उपरीक्षक रमेश बस्‍नेतले जानकारी दिए। 

सो क्रममा ट्रकमा सवार भारत बिहार मोतिहारी थाना सुगौली–१९ का साहेव आलम, बिहार, पूर्वी चम्पारण थाना रामगढवा–२ का गुलाब मियाँ र एक जना १७ वर्षका किशोरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए। गाँजा पक्राउ परेका तीनैलाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको कार्कीले बताए। 


प्रकाशित: Jul 17, 2022| 22:25 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।