सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्यान लिने धम्की दिएर बालिकालाई वेश्यावृत्ति गर्न बाध्य पारेपछि...

ज्यान लिने धम्की दिएर बालिकालाई वेश्यावृत्ति गर्न बाध्य पारेपछि...

ज्यान लिने धम्की दिएर बालिकालाई वेश्यावृत्तिको काम गर्न बाध्य पार्ने महिला पक्राउ परेकी छन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- ज्यान लिने धम्की दिएर बालिकालाई वेश्यावृत्तिको काम गर्न बाध्य पार्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ईलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनीमाया लामा लिम्बू छन्। उनलाई प्रहरो मानव बेचबिखन अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेको हो। 

पक्राउ परेकी लिम्बूले टोखामा खाजाघर चलाउँदै आएकी थिइन्। उनले त्यहाँ बालिकाहरूलाई ल्याएर वेश्यावृत्तिमा लगाउने काम गर्दै आएको प्रहरी अनुन्धानबाट खुलेको छ। 

लिम्बूले २ जना नाबालिकालाई खाजाघरमा आएका ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद लिने गरेकी थिइन्। उनले उक्त नगद आफूले नै राखी पीडितलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको आरोप छ। 

उनले कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धक बनाएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले शक्ति समूहको सहयोगमा जेठ १३ गते बालिकाको उद्धार गरेको थियो। पक्राउ परेकी लिम्बूमाथि अनुसन्धान गर्न ५ दिनको म्याद लिइएको छ। 

प्रकाशित: Jul 17, 2022| 19:25 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।