शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • तिलोत्तमामा उपप्रमुखको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतको कक्षमा ताला

तिलोत्तमामा उपप्रमुखको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतको कक्षमा ताला

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ताला लगाएका छन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ताला लगाएका छन्।

National life

नगरसभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एकपक्षीय ढंगले काम गरेको आरोप लगाउँदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा ताला लगाएका हुन्।

तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेश्रो र चौथो बैठकको उपस्थिती र गणपूरक संख्यामा ज्ञवालीको भूमिका विवादास्पद रहेको भन्दै एमाले निकट जनप्रतिनिधिहरूले कार्यकक्षमा ताला लगाएर विरोध गरेका छन्। 

उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रुपमा नगरसभाका एकै दिनका बैठकमा अलग अलग उपस्थिती गराउने गरेको आरोप लगाइन्। गणपूरक संख्या नपुगेको भन्दै आइतबार नगरप्रमुख रामकृष्ण खाणले नगरसभा स्थगित गरेका थिए। नगरसभा स्थगित लगत्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका थिए।

प्रकाशित: Jul 17, 2022| 18:12 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।