आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी क्याबिनेटका निर्णय सार्वजनिक गर्दै प्रवक्ताले भने- संघले अधिकार नदिए संघर्ष गर्छौं

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनी क्याबिनेटका निर्णय सार्वजनिक गर्दै प्रवक्ताले भने- संघले अधिकार नदिए संघर्ष गर्छौं

लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले संघले अधिकार नदिए संघर्ष गर्ने चेतावनी दिएका छन्।
 |  आइतबार, साउन १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

बुटवल- लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले संघले अधिकार नदिए संघर्ष गर्ने चेतावनी दिएका छन्। संघीयता बलियो बनाउन आवश्यक परे संघर्ष गर्ने उनको भनाइ छ। 

triton college

'सोमबारलेखि देशभरका आन्तरिक मामिला मन्त्रालय समालेका मन्त्रीहरूको भेला हुँदै छ,' मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, 'प्रदेशलाई अधिकार दिन संघ सरकारलाई दवाव दिन्छौँ। प्रदेशमा वित्तीय, प्रहरी र कर्मचारी नहुँदा बजेट कार्यान्वयन गर्न सकिएको छैन। अब अधिकार नदिए संघर्ष गर्छौँ।' 

कस्ता खालको संघर्ष गर्न खोज्नुभयो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री शर्माले हतियार उठाउने प्रकृतिको संघर्ष भने नहुने बताए। 'संघर्ष विभिन्न प्रकारले गर्न सकिन्छ। हतियार नै उठाउने भनेको होइन,' मन्त्री शर्माले भने। संघले आफू कमजोर हुने भएकाले प्रदेशलाई अधिकार दिन नखोजेको उनको आरोप छ। संघीयता भनेको प्रदेश नै भएको समेत उनको जिकिर छ। 

लुम्बिनी प्रदेश सरकारले असार १५ गते प्रहरी सेवासम्बन्धी ऐन बनाएको छ। उक्त ऐन कार्यान्वयन गर्ने समेत बताए। प्रहरी ऐनमा एआईजीको नेतृत्वमा प्रहरी कमान्ड रहने उल्लेख छ।

प्रकाशित: Jul 17, 2022| 14:29 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।