सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिलमाया सुनार मृत्यु प्रकरण : प्रेमी श्रेष्ठलाई कर्तव्य ज्यानको मुद्दा लाग्न सक्ने

दिलमाया सुनार मृत्यु प्रकरण : प्रेमी श्रेष्ठलाई कर्तव्य ज्यानको मुद्दा लाग्न सक्ने

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। प्रारम्भिक अनुसन्धानमा सुनारले आत्महत्या गरेको देखिएको थियो तर विस्तृतमा अनुसन्धान गर्दै जाँदा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं– लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। प्रारम्भिक अनुसन्धानमा सुनारले आत्महत्या गरेको देखिएको थियो तर विस्तृतमा अनुसन्धान गर्दै जाँदा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।  

National life

गएको असार ११ गते गायिका सुनारको शव फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो। असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्। अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारीमा प्रहरी जुटेको छ। प्रहरी वृत्त बालाजुले घटनाको अनुसन्धान गरिरहेको छ।

गायिका सुनार मृत भेटिएको सूचना पाएलगत्तै वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो। त्यस क्रममा गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते पक्राउ परेका थिए। 

मृतक दिलमाया सुनार।
उनी पक्राउ परेसँगै मृतक गायिका सुनारका आफन्तले कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा गायिका सुनारले आत्महत्या गरेको र त्यसका लागि प्रेमी श्रेष्ठले बाध्य पारेको विश्लेषण प्रहरीको थियो। घटना अनुसन्धानमा आएको ट्विस्टसँगै पक्राउ परेका श्रेष्ठमाथि आत्महत्या दुरुत्साहनको नभई कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षमा प्रहरी पुगेको छ।

सुनारको शव ओछ्यानमा हुनु, घटनाको केही समयअघि फेसबुकमा बाँच्न नसक्ने भन्दै स्टाटस लेख्नु तर उक्त स्टाटस लेख्न प्रयोग भएको भनिएको मोबाइल अहिलेसम्म फेला नपर्नु, गायिका सुनारको सल लिएर प्रेमी फरार हुनुजस्ता कारणले सुनारको  हत्या भएको प्रहरीको निष्कर्ष छ। 

त्रिवि शिक्षण अस्पतालमा गरिएको गायिका सुनारको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारणमा ‘ह्याङ्गिङ’ उल्लेख थियो। प्रहरीले भने हत्याको कोणबाट पनि अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित: Jul 17, 2022| 14:28 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।