नुवाकोट- नुवाकोटको लिखु गाउँपालिका छहरेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय अन्दाजी २७ वर्षीय करण केसी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थानका २७ वर्षीय अनिस श्रेष्ठलाई उपचारको लागी काठमाडौंस्थित ग्राण्डी अस्पताल लगिएको छ।
काठमाडौंबाट छहरेतर्फ जाँदै गर्दा ना६२प ९५२१ नम्बरको मोटरसाइकल गएराति पौने १ बजे अनियन्त्रीत भएर सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको प्रहरीले जनाएको छ।